तुलसीपुरमा बालकको हत्या

तुलसीपुर, २७ असाढ

तुलसीपुरमा एक बालकको हत्या भएको इलाका प्रहरीकार्यालय तुलसीपुले जनाएको छ । भारतको विहार घर भई हाल तुसीपुर उपमहानगरपालिका ६ घोराही रोड स्थित साहीन सिरक डसना पसल गरी बस्ने समीम अन्सारीकोका छोरा ११ बर्षको सहावुद्धिन अन्सारीको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

हत्या गरेको आरोपमा प्रहरीले सोही सिरक डसना पसलमा काम गर्ने भारत विहार घर भई सोही ठाउँ निबासी वकिल अन्सारी र चाँद खानलाई पक्राउ गरेको छ । आरोपीले कम्प्युटर खोेलेर बसीरहेको समयमा मृतक बालक आएर गाली गरेपछि सलले घाँठीमा बेरेर हत्या गरेको बयान दिएको प्रहरीलाई बताएको छ ।

 

प्रकाशित मिति : २०७४ असार २७ गते मङ्गलवार
प्रतिक्रिया