तुलसीपुर ११ का वडाध्यक्ष वलीद्धारा पदभार ग्रहण

तुलसीपुर,२६ असार । तुलसीपुर उपमहानगरपालिका ११ का वडा अध्यक्ष चित्र बहादुर वलीले आज पदभार ग्रहण गरेका छन् । अध्यक्ष वलीले आज वडा कार्यालयमा पदभार ग्रहण गरेका हुन् । वडा सचिब लोक बहादुर डागीले अध्यक्ष वलीलाई पदभार ग्रहण गराएका हुन् ।

वडा सचिब डागीले टिका, माला लगाईदिएर अध्यक्ष वलीलाई पदभार ग्रहण गराएका हुन । पदभार ग्रहण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका ११ का वडाका काग्रेस सभापति बोदि लाल भण्डारी,पुर्ब सभापति अर्जुन के सि,घमन्ड मल्ल,एमाले का युबा नेता पूर्ण केसि, नव निर्बाचित सद्स्य सुबास डि सि,निर्मा चौधरि,घनश्याम गौतम्,खिमा बिक लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष वलीले वडाको आबस्यकताको पहिचानमा आधारीत बिकासमा लाग्ने बताए । अध्यक्ष वलीले सबै को साझा प्रतीनिधी भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छ्न । अब गर्ने बिकासका काम छिटो छरीतो सम्पन्न गर्न आफु सकृय रहने समेत अध्यक्ष वलीले बताए । आबस्यकता र समान बिकासका लागि बिषेश ध्यान दिने उनको भनाई छ ।

प्रकाशित मिति : २०७४ असार २६ गते सोमवार
प्रतिक्रिया