काठमाडौं, असार २६ ।
नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । शाहले अमेरिका, जापान पठाउने भन्दै दर्जनौ युवाबाट एक करोड ९७ लाख रुपैयाँ ठगेको उजुरी आएपछि महानगरीय प्रहरी अपराध महाशाखाले शाहलाई पक्राउ गरेको हो ।
अपराध महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार शाहसँगै रक्षा वैद्यलाई पनि पक्राउ गरिएको छ । उनीहरु दुईजना मिलेर विदेश पठाउने भन्दै युवाहरुबाट रकम उठाएर सम्पर्कबिहिन भएका थिए ।
विदेश जाने भनेर पैसा बुझाएका युवा विदेश जान नपाएपछि आफूहरु ठगिएको भन्दै प्रहरीको उजुरी दिनआएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालते म्याद दिएको छ ।
उज्यालो अनलाईन
प्रकाशित मिति : २०७४ असार २६ गते सोमवार