तुलसीपुरका मेयरले हटाए प्रचारमा प्रयोग गरिएका निर्वाचन सामग्री

तुलसीपुर, २४ असाढ
दाङको तुलसीपुरमा निर्वाचनको समयमा सार्वजनिक स्थलमा टाँगिएका प्रचार सामग्री हटाउन सुरु गरिएको छ । नेकपा एमालेको तर्फबाट तुलसीपुर उप महानगरपालिकाको नगर प्रमुखमा निर्वाचित घनश्याम पाण्डेले शितलपुर– तुलसीपुर सडक खण्डमा विद्युतीय पोलमा टाँगिएका सुर्यका झण्डा हटाएर अभियानको सुरुवात गरेका हुन् ।

उप महानगरपालिका भित्र पर्ने १९वटा वडामा निर्वाचनको सयमयमा सार्वजनिक स्थलमा टांगिएका झण्डा लगाएतका प्रचार सामग्री हटाउन नगर प्रमुख पाण्डेले सवैमा अनुरोध समेत गरेका छन् । नगर प्रमुख पाण्डेले तुलसीपुरलाई सुन्दर र सफा बनाउनका लागि पनि निर्वाचनको समयमा विभिन्न राजनीतिक दलले सार्वजनिक स्थलमा राखेका निर्वाचन सामग्री हटाएर सहयोग पुरयाउन पनि आग्रह गरेका छन् । अभियानको पहिलो दिन तुलसीपुर बजारका विभिन्न सार्वजनिक स्थानमा टाँगिएका झण्डा र तोरण हटाइएको एमाले निकट नेपाल राष्ट्रिय बाणीज्य संघका अध्यक्ष टोप हादुर घर्तिले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७४ असार २४ गते शनिवार
प्रतिक्रिया