लक्ष्मण विश्वकर्मा,२३ असार ।
तुलसीपुर उपमहानगपालिकाका नवनिर्वाचित मेयर घनश्याम पाण्डे र उपमेयर माया आचार्यले प्रत्येक वडामा पुगेर मतदाताहरु संग भेटघाट गर्ने मिति तय गरीएको छ । असार २६ गते देखी २८ गते सम्म नगरको सवै वडामा पुगेर भेटघाट कार्यक्रम गरीने भएको छ । नेकपा एमाले तुलसीपुर नगर कमिटिको आयोजना शुक्रवार तुलसीपुरमा सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको छ ।
बैठकमा एमालेलाई भोट दिएर जिताउने आम मतदाता,कार्यकर्ता,शुभेच्छुक,सुरक्षाकर्मी,पत्रकार सवैलाई धन्यावाद ज्ञापन गरीएको छ । नगर कमिटिका संयोजक भुव बहादुर केसीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । साथै चुनावको समयमा एमालेले तुलसीपुर वजारमा राखेका कुनै पनि प्रचार सामग्रीलाई तत्काल हटाउने भएको छ ।
त्यस्तैगरी वडाका प्रचार सामग्रीलाई पनि हटाउनका लागी वडा कमिटिलाई निर्देशन दिने बताइएको छ । सो अवसरमा प्रदेस नं. ५ का सदस्य जोग बहादुर राना,मेयर घनश्याम पाण्डे,उपमेयर माया आचार्य,पार्टीका जिल्ला कमिटि उपाध्यक्ष हुकुम वस्नेत,सचिव हिराचन्द्र केसी, जिल्ला सचिवालय सदस्य मनोहर वुढाथोकी, तुलसीपुर नगर ईन्चार्ज देवराज विश्वकर्मा लगाएतले वोल्नु भएको थियो ।
बैठकको सहजीकरण नगर सचिव तथा वडा नं.१८ का नवनिर्वाचित वडा अध्यक्ष माधव वलीले गर्नु भएको थियो ।