नवनिर्वाचित मेयर पाण्डेले भने, देशकै नमुना नगर बनाउछु

बसन्त परियार,तुलसीपुर २२ असार ।
तुलसीपुर उपमहानगरपालीमा एमालेले विजय ¥याली निकालेको छ । सो अवसरमा तुलसीपुर उपमहानगरपालीकाका नवनिर्वाचित मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालीका लाई नेपालकै नमुना नगरका रुपमा चिनाउने उहाले प्रतिबद्धता गर्नुभएको छ । नगरको समृद्धी र समावेशि ढगँले विकासको गतिलाई उपमहानगरपालिकाका सवै ठाउमा फैलाउने उहाले बताउनुभएको छ । उहाले पाच वर्षमा नगरवासिहरुकोे आम्दानी कम्तीमा त्नि गणा बढाउने बताउनुभयो ।

यस्तै नव निर्वाचित उपमेयर माया आचार्यले महिलाका हरेक मुद्धाहरुलाई पक्षपात नगरी न्याय दिलाउने उहाले बताउुभयो । जनताले विश्वास गरेर जिताएकोले त्यो विश्वास आफुले पुरा गर्ने उहाले बताउनुभयो । निर्वाचन परीचालनक कमिटिका सह सँयोजक जोग बहादुर राणाको अध्यक्षतामा भएको सभामा दागँ ईन्चार्ज मेटमणि चौधरी,अध्यक्ष टिकाराम खड्का लागयतले बोलेका थिए ।

जिल्ला सचिब हिरा चन्द्र केसीको स्वागत मन्तव्य बाट सुरु भएको सभाको सहजिकरण तुलसीपुर ईन्चार्ज देवराज विश्वकर्माले गर्नुभएको थियो । बजारका विभिन्न चौकहरुमा पुगेको ¥याली तुलसीपुरको विपि चौकमा आई सभमा परीणत भएको थियो ।।

प्रकाशित मिति : २०७४ असार २२ गते बिहिवार
प्रतिक्रिया