झण्डै ९ करोडमा लगानीमा फ्लोर मिलको स्थापना

सुशील बस्नेत
तुलसीपुर,२१ असार / तुलसीपुरमा झण्डै ९ करोडको लगानिमा फ्लोर मिल सञ्चालनमा आएको छ । तुलसीपुर ६ एरपोर्ट नजीक कम्पनीको आज बुधबार औपचारीक कार्यक्रमका बिच सांसद डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुभएको हो । राप्ती फ्लोर मिल्स प्रा।लि।को ८ करोड ९१ लाख९६ हजार ५ सय २६ रुपैया लगानीमा सञ्चालनमा ल्याईएको चेयरमेन डिल्लीबहादुर बस्नेतले जानकारी दिनुभयो । मिलमा भौतिक पूर्बाधार निर्माणका लागि ४ करोड २२ लाख,४७ हजार ४ सय ४०,मेसीनरी ४ करोड ४९ लाख ४९ हजार ८६ र बिबिध २० लाख लागत खर्च भएको मिलका डाईरेक्टर बिश्व बस्नेतले जानकारी दिए ।
मिलले दैनिक ८० टन गँहु खपत गर्ने र त्यसबाट २ सय ८० क्विन्टल आटा र त्यसको २० प्रतिसत चोकर लगायत उत्पादन गरिने मिलका निर्देशक टेकनप्रसाद बस्नेत हिमालले जानकारी दिनुभयो । तुलसीपुरमा यसअघि भोग आटा उद्योग सञ्चालनमा आईरहेको छ ।
यसैविच सांसद डिल्लीबहादुर चौधरीले तुलसीपुर क्षेत्र उद्योगको हव बनाउनु पर्ने बताएका छ । राप्ती फ्लोर मिल्स प्रा।लि।को आज बुधबार तुलसीपुरमा उद्घाटन कार्यक्रममा उनले गरिव किसानको आर्थिक सम्बृद्धिका लागि उद्योगको हवले टेवा पुग्ने बताए । तर नीजि लगानीकर्ताहरुको सुरक्षा अपरिहार्य छ, उनले भने । सरकारले लगानी र भौतिक सुरक्षा ग्यारेण्टी लिनुपर्नेमा सांसद चौधरीको जोड छ ।
उहाले प्रष्ठित ब्यबसायी राजकुमार श्रेष्ठको हत्याको घटनाले पनि ब्यबसायीहरु त्रासदीपूर्ण अबस्थामा रहेका बताए ।

कार्यक्रम तुलसीपुर उपमहानगरपालीकाका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र शाह,वडा नम्वर ६ का वडा अध्यक्ष नवराज लामिछाने,वडा नम्वर ११ का वडा अध्यक्ष चित्रबहादुर वली,वडा नम्वर ११ का वडा सदस्य निरमा चौधरी, उपमेयरका प्रत्यासी देबीका नेपाली लगायतले ब्यबसायीको लगानी र भौतिक सुरक्षा गर्दै आर्थिक सम्बृद्धिका लागि वातावरण तयार गर्ने प्रतिबद्धता जनाएका थिए ।
राप्ती फ्लोर मिल प्रालीका लगानीकर्ता डिल्लीबहादुर बस्नेतको अध्यक्षतमा भएको कार्यक्रममा पूर्ब मेयर ढुण्डीराज लामिछाने,नवील बैकका प्रमुख निरज राजभण्डारीले बोलेका थिए । ।
कार्यक्रममा प्रालिका डाईरेक्टर बिश्व बस्नेतले कम्पनीको बारेमा जानकारी थिए थिए भने क्रमको सञ्चालन सुशील बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७४ असार २१ गते बुधवार
प्रतिक्रिया