ढुक्क रहेर मतदानमा सहभागी हुनुस : गृहमन्त्री शर्मा

तुलसीपुर, १२ असार ।
गृहमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले ढुक्क रहेर मतदानमा सहभागी हुन मतदाताहरुलाई आह्वान गर्नुभएको छ । निर्वाचनका लागि सवै सुरक्षा ब्यवस्था मिलाईएको उहालु बताउनुभयो । आज विहान रिपोटर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका शर्माले यस्तो बताउनुभएको हो ।

उहाले नेपाल कम्यूनिष्ट पार्टी ( विप्लव) पक्षले गरेको निर्वाचन बहिस्कारको कुनै तुक नरहेको बताउनुभर्एको छ । विप्लवको निर्वाचन बहिस्कारलाई जनताले खिल्ली उडाइदिएको बताउनुभयो । उनले राष्ट्रिय जनता पार्टी नेपाल लगायत विप्लवले पनि यो निर्वाचनमा भाग लिएकोले सबै दलहरुले दोस्रो चरणको निर्वाचनमा सहभागिता जनाएको बताउनुभयो ।

सबै मिलेर निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको उनले बताउनुभयो । उनले वम विस्फोट गराएर आतंक सृजना गरेर मतदाताको अधिकार नखोस्न चेतावनी समेत दिनुभएको छ । निर्वाचनलाई शान्ति पूर्ण रुपमा सम्पन्न गराउनका लागि नेपाली प्रहरीलाई प्रमुख जिम्मेवारी प्रदान गरिएको र त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेना समेत सुरक्षाको लागि खटिने बताउनुभयो ।

फरक प्रशंगमा गृहमन्त्री शर्माले तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ अपहरणको घटनालाई सरकारले अत्यन्तै महत्वका साथ लिएको बताए । उहाले आफँुले गुन्डा गर्दी र महिला माथिका अत्याचार समाप्त गर्न इमान्दारी पूर्वक लागि पर्ने बताउुनभयो । तर राजकुमार अपहरणका घटना घटनुको पछाडि भने केहि कारणहरु रहेको उहाले बताउनुभयो । शर्माले चाँडै तत्थ्य बाहिर आउने विश्वास दिलाउनुभएको छ ।

रिपोटर्स क्लका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका सचिव विमल गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ असार १२ गते सोमवार
प्रतिक्रिया