तुलसीपुर, ९ असाढ
तुलसीपुरमा संचालन भएको मध्यपश्चिम महोत्सवबाट झण्डै एक करोड रुपैया बचत भएको आयोजक संस्था तुलसीपुर उद्योगबाणीज्य संघले जनाएको छ । पत्रकार सम्मेलनको आयोजना गरेर ७९ लाख ८४ हजार ३ सय १२ रुपैयाँ जम्मा भएको तुलसीपुर उद्योग बाणीज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिनुभयो । दोघरेमा वृहतसभाहल निर्माण गर्ने उद्देश्यले गएको माघ १३ देखि २४ गतेसम्म तुलसीपुरको अरनीको मैदानमा मध्यपश्चिम महोत्सव २०७३ संचालन गरिएको थियो ।
पाँच करोड आर्थिक संकलन गर्ने उद्देश्यले आयोजित महोत्वसमा स्टल शुल्कबाट १२ लाख दुइ हजार ९ सय ५०, आयोजक प्रायोजक सहयोगबाट ५६ लाख ६२ हजार ८ सय ८८, टिकट आम्दानीबाट १५ लाख १३ हजार ९ सय २०, सांस्कृति आम्दानीबाट २ हजार , शशुल्क पास आम्दानीबाट २ लाख ८ हजार ८ सय, सहयोग आम्दानीबाट २ लाख ३८ हजार ७ सय ५० र विविध स्रोतबाट ८१ लाख २२ हजार ७ सय ७१ सहित एक करोड ७० लाख २४ हजार ७९ रुपैयाँ संकलन भएको बाणीज्य संघका कोषाध्यक्ष ललितजंज शाहले जानकारी दिनुभयो ।
शाहका अनुसार तलव खर्च, १ लाख ८० हजार ५ सय ९१, सेवा महशुल खर्च २० लाख ४ हजार २ सय ९३, विज्ञापन ३ लाख ५९ हजार ९ सय ५५, स्टल निर्माण ११ लाख यातायात खर्च ७ लाख ४० हजार ६ सय , टिक व्यवस्थापन एक लाख ७ हजार ७ सय १२ लगाएतका विभिन्न शिर्षकमा गरि ९० लाख ३९ हजार ७ सय ६७ रुपैयाँ खर्च भएको छ । कार्यक्रमको सहजीकरण सचिव मिनराज भण्डारीले गर्नु भएको थियो ।
मध्यपश्चिम महोत्सवको आयव्यय विवरण सार्वजनिक ,, झण्डै एक करोड बचत
प्रकाशित मिति : २०७४ असार ९ गते शुक्रवार
प्रतिक्रिया