मादक पदार्थ बिक्रीतथा सेवन गर्ने दाङमा पक्राउ

तुलसीपुर,९ असार ।
मादक पदार्थ बिक्री र सेवन गर्ने लाई दाङ प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ (रक्सी) बिक्री बितरण गरिरहेका होटेल संचालक ७ जना र ३९ जना मादक पदार्थ सेवन गर्ने लाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख धिरज प्रताप सिँहले जानकारी दिनुभएको छ ।

स्थानिय तहको निर्वाचनलाई लक्षित गरी शान्ति सुव्यवस्था कायम गर्न असार ८ गते देखी चुनाव अवधिभरको लागि मादक पदार्थ(रक्सी) बिक्री बितरण तथा सेवनमा रोक लगाउन भनी जिल्ला प्रशासन कार्यालयलेले सुचना जारी गरेको थियो ।

तर उक्त सुचनाको बर्खिलाप गरी मादक पदार्थ विक्रि बितरण गरिरहेको र सेवन गरेको भन्दै उनिहरुलाई पक्राउ गरेको हो । कार्यालय बाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७४ असार ९ गते शुक्रवार
प्रतिक्रिया