तुलसीपुर,९ असार, ।
सरकारले दोस्रो चरणको निर्वाचन हुने ३५ जिल्लामा असार १४ गते सार्वजनिक विदा दिएको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार मतदान हुने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश नम्बर १, ५ र ७ मा १४ गते मतदान हुँदैछ ।
यस्तै तीन वटा प्रदेशमा असार ११ देखि १४ गतेसम्म चार दिन शिक्षण संस्थाहरुमा विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । शिक्षण संस्थाहरुमा मतदान केन्द्र राखिएको छ । त्यसैले आयोगले शिक्षण संस्थाहरुमा चार दिन विदा दिन आग्रह गरेको थियो ।
यस्तै निर्वाचनलाई मध्यनजर गर्दै दाङका सस्थागत विद्यालयहरु ६ दिन बन्द हुने भएका छन् । निजिविद्यालयहरुको सस्था प्याब्सन दाङ र एन प्याब्सन दाङले निर्वाचनलाई मध्यनजर गर्दै असार ११ गतेदेखि १६ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको हो ।
प्याब्सन दाङका अध्यक्ष यादव गिरी र एन प्याब्सन दाङका अध्यक्ष भिम बहादुर बुढाथोकिले ले बिहिबार एक विज्ञप्ती जारी गरी ६ दिनका लागि विद्यालय बन्द गर्न विद्यालयहरुलाई आग्रह गर्नुभएको छ ।