श्रीमणि प्रतिक्षालयमा एमालेको झण्डा फहरायो

तुलसीपुर,७ असार ।

एमालेका नेता स्वर्गीय श्रीमणी आचार्यकोे सम्झनामा बनाइएको प्रतिक्षालयमा एमालेले आफ्नो  आफ्नो झण्डा गाडेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी चोकमा श्रीमणीको सम्झनामा एमालेले बनाएको प्रतिक्षालयमा यस अघि काँग्रेसले चारतारे झण्डा गाडेको थियो । एमालेले झण्डा फाल्न अनुरोध गर्दापनि काँग्रेसले झण्डा नफालेपछि उक्त झण्डा फालेर  एमालेले झण्डा गाडेको हो ।आज विहा विक्की सिँह ठकुरीको नेतृत्वमा गएको टोलिले एमालेको झण्डा गाडेको हो ।  श्रीमणीको सम्झनामा बनाइएको प्रतिक्षालयमा काँग्रेसले झण्डा गाडिदा उहाँप्रति अपमान भएको स्थानिय नेताहरुको ठहर गरेका थिए ।

उहाँको २०६४ साल पौष ३ गते निधन भएको थियो । यस बारेमा सोध्दा ११  वडाका काँग्रेस सभापति बोधिलाल भण्डारीले उक्त प्रतिक्षालयमा काँग्रेसको झण्डा गाडिएको बारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभएको थियो ।

प्रकाशित मिति : २०७४ असार ८ गते बिहिवार
प्रतिक्रिया