२०८३ साउन ११ गते सोमवार

बाघको आक्रमणबाट बर्दियामा एकको मृत्यु

फाइल फाेटाे

बर्दिया, १५ कार्तिक ।  बर्दियाको गेरुवा गाउँपालिका—४ राजीपुरका बाघको आक्रमणबाट एक जनाकाे ज्यान गएकाे छ ।

शनिबार साँझ करिब ६ बजे बाघले आक्रमण गर्दा सोही ठाउँका ६८ वर्षीय लहानु थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी योगेन्द्र खड्काले बताए ।

एउटा गाई नफर्केपछि झाडीमा खोज्न जाँदा थारु र गाईलाई बाघले आक्रमण गरेको थियो । बाघले ९ दिन यता थारु समेत चार जनाको ज्यान लिइ सकेको छ । बाघको आक्रमणमा परी मधुवन नगरपालिका कात्तिक ५ गते एक महिला र कात्तिक ११ गते दुई पुरुषको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया