खुमबहादुरको अडान : गेहेन्द्रले तुलसीपुरमा टिकट पाउनै पर्छ

तुलसीपुर, ३० जेठ ।
नेपाली कांग्रेसबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरको टिकट गेहेन्द्र गिरीले पाउने लगभग पक्का जस्तै बनेको छ । पूर्व गृहमन्त्री खुमबहादुर खड्काले गेहेन्द्रको नाममा अडान लिएपछि सम्भावना बलियो भएको कांग्रेस निकट उच्च स्रोतले बताएको छ । गेहेन्द्रको विकल्प खोज्न नसकिने अडान खुमबहादुरले राखेपछि उम्मेदवार टुङ्गो लगाउने काममा दाङमा ढीलाई भएको हो ।

उम्मेदवार टुङ्गो लगाउन नेतृत्व तहले बोलाएपनि खुमबहादुर बैठकमा तीन दिनदेखि अनुपस्थित भएको मेयरका आकांक्षी शंकर गिरीले बताए । दाङको सन्दर्भमा खुमबहादुरको दबदबा भएकाले नेतृत्व तह समेत झुकेको छ । खुमबहादुर बैठकमा अनुपस्थित भए पनि गेहेन्द्रको पैरबी पुर्णबहादुर खड्काले गरिरहेका छन् । ‘पार्टी सभापति शेरबहादुर देउवा पनि खड्काका अघि बोल्न सक्दैनन यीनिहरुविच आन्तरीक सहमति भएको हुन सक्छ , ‘शंकरले भने’ ‘अन्तिम गेम गेहेन्द्रको पक्षमा हुन्छ ।’

आज शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंङ र पुर्णबहादुर खड्का बसेर गिरीकै पक्षमा निर्णय गर्ने बताइएको छ । घोराहीमा खुमबहादुरले मेयरमा अर्जुन श्रेष्ठको नाम लिने बताए पनि उनले गिरीको बाह्यक कसैको नाम नलिएको बताइएको छ । त्यसैगरी उमेयरमा यो समाचार तयार पार्दा सम्म तुलसीपुरमा देवकी नेपाली र घोराहीमा सावित्रा राणाको नाम अघि छ ।

मेयरका आकांक्षी तेजबहादुर बस्नेत र घनश्याम रेग्मी २ महिना, गेहेन्द्र गिरी र जगत खड्का झण्डै एक महिना र शंकर गिरी करिब ३ हप्ता देखि टिकट ल्याउन काठमान्डौमा बसेका छन् ।

प्रकाशित मिति : २०७४ जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया