ब्यापारी श्रेष्ठको अवस्था सार्वजनिक गर्न माग

तुलसीपुर,२९ जेठ ।
ब्यापारी राजकुमार श्रेष्ठको अवस्था सार्वजनिकका लागि दवाब स्वरुप आज तुलसीपुरमा मौन ¥याली निकालिएको छ । प्रजातान्त्रीक उद्योगी व्यबसायी सँघको आयोजनामा ¥याली निकालिएको थियो ।

नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता तथा तुलसीपुरका प्रतिष्ठीत व्यापारी राजकुमार श्रेष्ठको खोजीमा तदारुक्ता दिनका लागी ¥याली निकालिएको प्रजातान्त्रीक उद्योगी व्यबसायी सँघका अध्यक्ष जनक खरालले वताउनुभएको छ । साथै हालसम्मको अवस्था सार्वजनिकका लागि दवाव स्वरुप आज विहान ११ वजे सम्म तुलसीपुरको व्यापार व्यवसाय वन्द आहवान गरिएको छ । यसैविच ११ बजेसम्म बन्द गरेपछी उद्योग बाणिज्य संघले भने बन्दको बिरोध गरेको छ ।।

प्रकाशित मिति : २०७४ जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया