प्रहरी जवान किन गए  मध्यरातमा महिला सुतेको कोठामा ?

तुलसीपुर, २८ जेठ ।

मध्यरातमा प्रहरी जवान रक्सीको नसामा हतियार सहित होष्टेलमा पसेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट सुरक्षामा खटिएका प्रहरी जवान भरत दसौदी नेपाल अपाङ्ग संघ झिङौरामा शुक्रबार राती पौने ११ बजे लेडिज होस्टेलमा जबरजस्ती प्रवेश गरेको महिलाहरुले बताएका छन् । नेपाल अपाङ्ग संघ झिङौरा घोराही उपमहानगरपालिका १४ मा पर्छ । प्रहरी जवान दसौदी, शुक्रबार राती १० देखि २ बजेसम्मको डिउटीका लागि घोराही तुलसीपुर सडक खण्ड अन्र्गत रतनपुर चोकमा खटेका थिए ।
जनताको सुरक्षमा खट्ने प्रहरी नै स्वयं अपाङ्ग महिला सुतिरहेको कोठामा रातको समयमा जबरजस्ती प्रवेश गरेपछि आफुहरुलाई सुरक्षाकर्मीको भरविश्वास लाग्न छोडेको रामकुमारी विकले बताउनु भयो । ‘पुलीस जबरजस्ती ढोका खोलेर भित्र पसेर मैले चिनेको मान्छे खै भन्दै लाइट लगाउन थाल्यो, कोहि चिच्याउन थाले कोही डरले कराउन थाले, ‘विकले भनिन’ अनि बाहिर रहेको उसको संघले पनि बोलायो अनि निस्केर गयो ।’
होष्टेलमा झण्डै तीन महिना देखि ७ जना अपाङ्ग महिलाहरु कटाई सिलाइ सिक्नका लागि बस्दै आए पनि त्योदिन ४ जना महिलामात्रै बसेका थिए । घटनाका विषयमा आइतबार जिल्ला प्रहरी कर्यालयमा पनि जानकारी गराएको बौदिक अपाङ्गलाई अध्यापन गराउदै आउनु भएकी शिक्षीका सुशिला विसीले जानकारी दिनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले यस विषयमा कुनै जानकारी नभएको बताउनुभयो । ‘म सल्यानको कपुरकोटमा छु टेलिफोनमा कुरा गर्दै उपरिक्षक सिंहले भन्नुभयो के रहेछ म बुझौंला ।’ कुदृष्टिले यदि त्यहाँ गएको भए कार्वाही हुन्छ सिंहले भन्नुभयो ।

प्रकाशित मिति : २०७४ जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया