तुलसीपुर, २८ जेठ ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले अबको पाँच बर्षमा कुनै पनि नागरिक खरको छानोमूनि बस्न नपर्ने बताउनु भएको छ । नेकपा एमाले विजयी भयो भने खरको छानो भएको ठाउँमा टीनको छाना लगाउन सक्ने अवस्था सृजना गर्ने बताउनु भयो ।
नेकपा एमाले दाङदेउखुरी जिल्ला कमिटीले तुलसीपुरमा आयोजना गरेको विशाल चुनावीसभालाई सम्बोधन गर्दै पाण्डेले आर्थिक रुपले सम्वृद्ध बनाएर भोकमरीबाट मुक्त बनाउने दाबी गर्नु भयो ।
प्रकाशित मिति : २०७४ जेष्ठ २८ गते आइतवार