शरद रेग्मी, तुलसीपुर ,२८ जेठ ।
शुक्रवार अपहरणमा परेका तुलसीपुर प्रतिष्ठीत व्यापारी राज कुमार श्रेष्ठको अवस्था आज आईतवार सम्म पनि अज्ञात रहेको छ । श्रेष्ठको अवस्था अज्ञात भए पछि तुलसीपुर उद्योग वाणिज्य संघले आज विहान आकस्मिक बैठक डाकेको छ । बैठकले श्रेष्ठको सकुसल रिहाईका लागि सम्वन्धीत पक्ष संग अपिल समेत गरेको छ । संघका अध्यक्ष विमल रिजालले एथासक्य रिहाईका लागि अपिल एवं शुरक्षा निकायलाई खोजीकार्यका लागि अनुरोध गर्नु भएको छ । साथै उहाले व्यवसायीक शुरक्षामा गम्भिर वन्न प्रहरी प्रशासन संग अनुरोध गर्नु भएको छ । साथै अध्यक्ष रिजालले सत्य तथ्य सूचना प्रहरीलाई उपलव्ध गराई सहयोग गरि दिनु हुन समेत अनुरोध गर्नु भएको छ । यस्तै तुलसीपुरमा व्यवसायीहरु एकाएक अपहरणमा पर्ने घटनाहरु पटक पटक दोहोरिए पछि व्यवसायीहरु संसकित वनेका छन् । यता शुक्रवार तुलसीपुरवाट राती ८ वजे अपहरणमा परेका व्यापारी राज कुमार श्रेष्ठको खोजी कार्य व्यापक पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरज
प्रताप सिंहले जानकारी दिनु भयो । उहांका अनुसार प्रहरीले कलडिटेलका आधारमा घटनाको नजिक पुगेको वताउनु भएको छ । साथै एसपी सिंहलेअनुसन्धानलाई व्यापक वनाउन गहन शुरक्षा संयन्त्र परिचालन गरिएको समेत जानकारी दिनु भयो । व्यापारी श्रेष्ठ सवार वा.१२ च १०७१ नम्बरको निजी जिप र भारतिय नम्बर प्लेटको गाडी समेत सल्यानको कपुरकोट गाउंपालिका सिनवाङ्ग र रिमको विच जंगलमा पर्ने
शितल वजारमा फेलापारेको सल्यान प्रहरी प्रमुख श्याम खत्रीले जानकारी दिनु भयो । श्रेष्ठ संगै घोराहीका एक जना ठेकेदार रन वहादुर घर्ति र अर्का एक जना महिलालाई समेत अपहरणकारीले संगै लगेर गएको प्रत्यक्षदर्शीहरुले वताएका छन् । श्रेष्ठ विगत लामो समय देखि तुलसीपुरमा कपडाको व्यापार व्यवसाय गर्दै आउनु भएको छ । यसै विच तुलसीपुरमा भएको घटनाको विषयलाई लिएर विभिन्न मानवअधिकारीवादी
संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन । मानवअधिकार तथा शान्तिसमाज दाङ शाखाले आईतवार विज्ञप्ती जारी गरी तत्काल व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाईका लागि अपिल गरेको छ । शान्तिसमाज दाङका सभापति शुरेस हमाल र सचिव शरद रेग्मीले विज्ञप्ती जारी गरी मान्छेको वांच्न पाउने अधिकार हरण गर्न कसैलाई पनि छुट नभएको भन्दै तत्काल श्रेष्ठको रिहाईका लागि अपिल गरिएको छ । त्यस्तै राष्ट्रिय मानवअधिकार प्रतिष्ठान दाङ शाखाले घटनाको विषयलाई लिएर आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सभापति विनोद कुमार श्रेष्ठ र महासचिव बालाराम खड्काले विज्ञप्ती जारी गरी व्यवसायी राजकुमार श्रेष्ठको सकुसल रिहाई गरी दिन सम्वन्धीत पक्ष संग माग गरिएको छ ।