तुलसीपुर,२८ जेठ ।
तुलसीपुर उपमहानगरपालीका ९ सल्लीवन स्थित राधा कृष्ण मन्दिरमा नव निर्मित पक्कि शौचालयको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । नेकपा एमालेका नेता टिकाराम कंडेलको व्यक्तिगत लगानीमा निर्माण गरिएको सो दुई कोठे पक्कि शौचालयको तुलसीपुर उपमहानगरपालीकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उमेदवार घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको हो ।
एक लाख १७ हजार रुपैयाको लागतमा निर्मित शौचालयको उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले देशलाई आर्थिक सम्बृद्धि तर्फ लैजाने एक मात्र पार्टि नेकपा एमाले भएको बताउनुभएको छ । साथै उहाँले अब जुन सुकै पार्टिका कार्यकर्ता भए पनि नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।
शौचालय निर्माणमा लगानीकर्ता टिकाराम कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका तर्फबाट उपमेयर पदका उमेदवार माया आचार्य, तुलसीपुर ९ का वडा अध्यक्ष पदका उमेदवार संगित बस्याल, तुलसीपुर उपमहानगरपालीका स्तरिय निर्वाचन परिचालन कमिटिका सदस्य बामदेव भुसाल लगायतकाले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण मन्दिर निर्माण समितिका सचिव दिमकान्त भुसालले गर्नुभएको थियो ।