तुलसीपुर,२४ जेठ ।
स्थानिय तहको निर्वाचनमा माउ पार्टि एमालेलाई जिताउन अनेरास्ववियु दाङले पहल गर्ने भएको छ । यहि असार १४ गते हुन गईरहेको निर्वाचनमा एमालेको पक्षमा जित ल्याउन लागि पर्ने उस्ले निर्णय गरेको छ । जसका लागि यहि २७ गते अञ्चल पार्टि कार्यालय तुलसीपुरमा बृहत भेलाको आयोजना गरेको अनेरास्ववियुले जनाएको छ । सो भेलालाई सम्बोधन गर्न एमाले स्थायी कमिटि सदस्य शँकर पोख्रेल आउने कार्यक्रम रहेको जनाईएको छ । भेलाको तयारीका लागि उपाध्यक्ष सर्जन परियार लाई सँयोजकको जिम्मेवारी दिईएको छ ।
यस्तै असार ३ गते घोराही पार्टि कार्यालयमा भेलाको आयोजना गरीएको छ । यस्तै प्रतिबद्धता पत्र तयार गर्न र भेलाको तयारीका लागि राष्टिय परीषद् सदस्य दिपक परीयारलाई सँयोजकको जिम्मेवारी दिईएको छ । सो भेलालाई सम्बोधन गर्न विद्यार्थि फाटका प्रमुख रविन्द्र अधिकारी आउने कार्यक्रम छ । यस्तै बैठकल अध्यक्ष विरवल खड्काको सँयोजकत्वमा जिल्ला परीचालन कमिटि गठन गरीएको छ ।
अध्यक्ष खड्काको अध्यक्षता तथा एमाले नेता शोभाराम बस्नेतको प्रमुख आतिथ्यमा अञ्चल पार्टि कार्यालय तुलसीपुरमा बैठक बसेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि बस्नेतले विगतमा विद्यार्थिहरुले खेलेको भुमिका उल्लेख्य भएकालेले तयारीमा जुट्न आग्रह गर्नुभयो । यस्तै मेयर पदका उम्मेदवार घनश्याम पाण्डेले विद्यार्थिका मुख्य समस्या पहिचान गरी समाधान गर्न तर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभएको थियो ।
यस्तै उपमेयर पदकि उम्मेदवार माया आचार्यले सिँगो देशमा विद्यार्थिको मुख्य भुमिका हुने भएकाले चुनावमा खटिन आग्रह गर्नुभयो । बैठकको सहजिकरण सहसचिब ईन्द्र बहादुर खड्काले गर्नुभएको थियो ।