रातोपाटी
नेपाली कांग्रेसले पहिलो चरणमा पठाउने तीन जना मन्त्रीको टुंगो लगाएको छ । पार्टी सभापति सभापति शेरबहादुर देउवाको निवासमा आज बुधबार भएको पदाधिकारी बैठकमा तीन जनाको नाम टुङग्याएको हो । देउवा निकट श्रोतका अनुसार कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी गोपालमान श्रेष्ठले पाउने भएका छन् भने अर्थ मन्त्रालयको जिम्मेवारी महेश आचार्यलाई दिने तयारी भएको छ । आचार्य रामचन्द्र पौडेल समुहका भएपनि आचार्यका बारेमा पौडेलसँग देउवाले कुनै सल्लाह नै नगरेकाले आपति जनाएको छ । त्यस्तै नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ । यता, रामचन्द्र पौडेल पक्षको अनामनगरमा बसेको भेलाले आफ्नो समुहबाट कुनै पनि मन्त्रिको नाम नपठाउने निर्णय गरेको छ ।
सभापति देउवाले रामचन्द्र समुहसँग कुनै छलफल नगरेकाले पहिलो चरणको मन्त्रिमण्डल गठनमा पौडेल समहुबाट कसैलाई सिफारिस नगरेको पौडेल समुहका एक नेताले रातोपार्टीलाई बताए । यद्यपी देउवा पक्षले पौडेल पक्षबाट नाम पठाए आचार्यले बुधबारै सपथ लिने बताएको छ ।