तुलसीपुर, २२ जेठ ।
माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका ३ को वडा अध्यक्षका दाबेदार कलिभान रोका सदस्यमा लड्दै छन् । युद्ध लडेका र नलडेका विच पार्टी भित्र आन्तरीक कलह भएपछि अध्यक्षको चर्चामा रहेका रोकाले उम्मेदवार नपाएको स्रोतले बताएको छ । भरत महतारा र कलीभान रोका विच अध्यक्षका विषयमा निकै प्रतिस्पर्धा भएपछि त्यसको विकल्पमा वडा अध्यक्षको उम्मेदवार प्रेमप्रकाश मल्लले पाएका छन् ।
१० बर्ष युद्धमा होमीएकोले टिकट नपाउने र पछि आएकाले टिकट पाउँदा पार्टीमा अन्र्तघात हुने सम्भावना देखेपछि नेतृत्व तहले विकल्प खोजेको स्रोतले बतायो । सदस्य पदका उम्मेदवार रोका अहिले आफनो पक्षमा भोट माग्दै मतदाताको घरदैलोमा हिडेका छन् । २०६५ सालमा जनमोर्चा र माओवादी विच एकता भएपछि रोकाले साविक गोल्टाकुरी र हेकुली गाविसको इन्चार्ज भएर ५ बर्षसम्म काम गरेका थिए । एकता हुनु अघि रोका जनमोर्चामा थिए ।