तुलसीपुर,२१ जेठ ।
तुलसीपुर उप महानगरपालीका वडा नं. ४ रक्षाचौर निवासि शोभा चन्दले यसपालिको चुनावमा लालपुर्जा दिलाई दिनेलाई भोट हाल्नुहुने भएको छ । ऐलानी जग्गामा वसोवास गर्दै आउनु भएकी चन्दले लाल पुर्जा नहुदा आफु समस्यामा परेको बताउनुभयो । उहाले सरकारी सुविधा लिन बाट बञ्चीत हुनु परेको बताउनुहुन्छ । उहा जस्तै प्रगतिशिल टोलका स्थानियहरुले यस्तो माग गरेका छन ।
उनिहरुले जुन उम्मेदवार आएपनि जग्गाको लालपुर्जाको व्यवस्था गरिदिन माग गरेका छन् । उनीहरुले वषौदेखी ऐलानी जग्गामा वसोवास गदै आएको र लालपुर्जा नहुदा विभिन्न सरकारी सुविधाहरुबाट बन्चित हुनु परेको दुखेसोे पोख्ने गर्दछन । अहिले उनिहरु विद्युत,खानेपानी,बैंकिङ्ग कारोवार लगाएतका सेवाबाट बन्चित हुन परेको छ ।
सोे टोलमा करिव एक सय भन्दा वढि सुकुम्वासी रहेका छन । आफ्नो समस्यालाई जसले बुझिदिन्छ त्यसैलाई भोट दिने उनिहरु बताउछन । तुलसीपुर वजार क्षेत्र नजिकै वसोवास गर्दै आएको तर सेवा सुविधाबाट बन्चित हुनुपरेको छ, चन्दले भन्नु भयो ।