गरिब लक्षित कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ : पाण्डे

तुलसीपुर, २० जेठ ।
तुलसीपुरका क्षेत्रका शिक्षकहरुले जनतलाई अनुभूति हुने गरि काम गर्न सुझाव दिएका छन् । मास देखेर मख्ख नपर्न भन्दै गाउँ–गाउँ टोलटोलमा पुगेर जनताको मन जित्न तुलसीपुर उमहानगरापालिकाका मेयरका उम्मेदवार घनश्याम पाण्डेलाई उनिहरुले यस्तो सुझाव दिएका हुन् ।

कतै असन्तुष्टि भएको भएपनि त्यसलाई सम्बोधन गरेर अघि बढ्न उनिहरुले आग्रह गरे । सो अवसरमा उमहानगरपालिकाका मेयरका उम्मेदवार घनश्याम पाण्डेले गरिब लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

आफुपनि गरिब किसान परिवारमा जन्मेकाले पहिलो प्रथामिकता गरिब लक्षित कार्यक्रम हुने बताए । पाण्डेले अन्य नेताहरुको तुलनामा आफुलाई नहेर्न आग्रद गर्दे बोलको कुरा गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरे । तुलसीपुर क्षेत्रलाई शिक्षा, स्वास्थ्य, कृषिको केन्द्रका रुपमा विकास र विस्तार गर्ने तयारीमा समेत रहेको उनले बताए ।  सो अवसरमा विभिन्न शिक्षकहरुले आआफना भनाई राखेको थिए ।

 

प्रकाशित मिति : २०७४ जेष्ठ २० गते शनिवार
प्रतिक्रिया