रेडियो प्रकृतिको अध्यक्षमा पोख्रेल

तुलसीपुर, १९ जेठ
सामुदायिक रेडियो, रेडियो प्रकृति एफ.एफ संचालक समितिका अध्यक्षको जिम्मेवारी खगेनद्र पोख्रेललाई दिइएको छ । रेडियो संचालक समितिका अध्यक्ष घनश्याम पाण्डेले अध्यक्ष पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा रेडियो संचालक समितिका बरिष्ठ उपाध्यक्ष पोख्रेललाई जिम्मेवारी दिने कार्यसमितिले निर्णय गरेको हो । तुलसीपुरका प्रतिष्ठीत व्यापारी समेत रहेका पोख्रेल तुलसीपुर उद्योगबाणीज्य, राप्तीलाइफ कियर हस्पिटल लगाएतका एकदर्जन विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ ।

रेडियोको सभाहलमा बसेको संचालक समितिको वैठकमा पाण्डेले नेकपा एमालेको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरको उम्मेदवार भएकाले राजनीति र संचार संगैजाँदा संचारगृहको विश्वस्नीयता माथि प्रश्न उठ्ने भन्दै पदबाट रानिनामा दिएको बताउनु थियो ।
प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपाल द्धारा संचालीत सामुदायिक रेडियो प्रकृति एफ.एम संचालक समितिमा अध्यक्षमा रहि झण्डै सात बर्ष अघि देखि पाण्डेले कामगर्दै आउनु भएको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ १९ गते शुक्रवार
प्रतिक्रिया