एमालेका २० नेता कारवाहीमा , चुनाव जितेकालाई पनि स्पटीकरण

प्रद्युम्न उपाध्याय
सल्यान १९, जेठ । नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरित कार्य गरेको भन्दै २० जना नेतालाई कारवाही गरेको छ । विहिवार पत्रकार सम्मेलनको आयोजना गरी कारवाही गरिएको जानकारी गराएको हो । एमाले सल्यानले पुर्व जिविस सभापति तथा एमाले प्रदेश न ६ का प्रदेश सदस्यद्वय उदय बहादुर बोहरा, शान्ता हमाल, शहरी विकास विभाग सदस्य इन्द्र कुमार शर्मा, विज्ञान प्रविधि विभाग सदस्य यौवन प्रकाश श्रेष्ठलाई साधारण सदस्यता नरहने गरी पार्टी केन्द्रिय कार्यालय र अनुशासन विभागमा कारवाहीका लागि सिफारिस गरेको छ ।
यस्तै नेकपा एमाले सल्यानका लेखा समितिका संयोजक सन्तोष राई, जगत न्यौपान शारदा नगरपालीकाका मेयरका बगी उम्मेदवार, शारदा नगरपालीकामा उपमेयरका बागी उममेदवार शुसिला गिरी, बागचौर नगरपालीक वडा नम्बर १०का बागी उममेदवार ज्ञान प्रकाश शर्मा, बनगाड कुपिण्डे नगरपालीकाका बागी उम्मेदवार काले सार्की, शारदा नगरपालीका बागी वडा अध्यक्ष उम्मेदवार मोहनलाल कंवर र बनगाड कुपिण्डे नगरपालीकाका जीवन सिहं ठकुरीलाई साधारण सदस्यता नरहनेगरी कारवाही गरिएको नेकपा एमाले चौथो पुर्ण बैडकले बार्वाही गर्ने निर्णय गरेका एमाले जिल्ला अध्यक्ष गोविन्द बहादुर पुनले बताए । यसैगरी पुर्व जिल्लाकमीटी सदस्य भिमसेन नेपाली, भोला प्रकाश केसी जिल्ला कमीटी सदस्य गिर्दल बोहरा, टिकाराम बोहरा, दामोदर शर्मा, रिम बहादुर बुढाथोकी, धन बहादुर पुन र गणेश विसीलाई निर्वाचनमा पार्टीमा सहयोग नगरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको अध्यक्ष पुनले बताए ।
चुनाव जितेकालाई पनि स्पष्टीकरण
नेकपा एमाले सल्यानले स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा अध्यक्षलाई समेत स्पष्टीकरण सोध्ने भएको छ । शारदा नगरपालिका वडा न ३ बाट वडा अध्यक्षमा निर्वाचित टोप बहादुर थापालाई स्पष्टीकरण सोधिने पार्टी अध्यक्ष पुनले बताए । पार्टी निति विधि विपरित गएर आफुले मात्र जितेको भन्दै स्पष्टीकरण सोधिने भएको हो । वडा न ३ मा वडा अध्यक्षमात्र एमालेले जितेको थियो भने बाँकी सदस्यहरुमा राप्रपा र नेपाली काँग्रेसले जितेका थिए । अध्यक्ष पुनका अनुसार निर्बाचनमा पार्टी हित बिवपरीत काम गरेकाले स्पष्टीकरण लिने र चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ १९ गते शुक्रवार
प्रतिक्रिया