काठमाडौं महानगरका जनप्रतिनिधीको सपथ आज

 

काठमाडौं,१७ जेठ ।
काठमान्डु महानगरपालिकाका मेयर, उपमेयर र वडा अध्यक्षहरुले आज सपथग्रहण गर्ने कार्यक्रम छ । राष्ट्रियसभा गृहमा आज एक समारोहका बीच नवनिर्वाचित जनप्रतिनिधीले तथा पदभार गहण गर्नु हुनेछ । आज बिहान ११ बजे काठमाडौं महानगरले विद्यासुन्दर शाक्य मेयर र हरिप्रभा खडगी श्रेष्ठलाई उपमेयररुपमा स्वागत गर्दैछ ।

काठमाडौं महानगरले १५ वर्षपछि जनप्रतिनिधिलाई यसरी स्वागत गर्ने अवसर पाएको हो । सुन्धारास्थित जेडीए कम्पलेक्सको ६ औं तल्लामा रहेको काठमाडौं महानगरका मेयर र उपमेयरको कार्यकक्ष सजावट गरेर चिटिक्क पारिएको छ । सभागृहमा न्यायाधीश दीपेन्द्र अधिकारीले मेयर, उपमेयर र वडा अध्यक्षलाई सपथ गह्रण गराउनुहुनेछ । सपथपछि मेयर र उपमेयर लैनचौर पुगेर सहीद स्मारकमा माल्यार्पण गर्नुहुनेछ । तर, वडा अध्यक्ष र सदस्यहरु सभागृहबाटै आ–आफ्नो वडामा गएर पदबहाली गर्नेछन् । मेयर र उपमेयर लैनचौरबाट रत्नपार्कस्थित गणेशमान शान्ति बाटिका पुगेर सर्वोच्च नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्नुहुनेछ । दिउँसो ३ बजे उनीहरुले पदबहाली गर्ने कार्यक्रम छ ।

सुन्धारास्थित जेडीए कम्पलेक्सको ६ औं तल्लामा मेयर र उपमेयरले आफ्नो कार्यकक्षमा पदबहाली गर्नेछन् । ४ बजे सबै वडा अध्यक्ष, कार्यकारीको उपस्थितिमा मेयर र उपमेयरले पहिलो बोर्ड बैठक गर्नेछन् । बैठकले केही महत्वपूर्ण निर्णय गर्नेछ । पहिलो बोर्ड बैठकले गरेका निर्णय सार्बजनिक गर्न ५ बजे पत्रकार सम्मेलन गरिनेछ । ७ बजे जिल्ला प्रमुख, कुटनीतिक नियोगका प्रमुखसमेतलाई निमन्त्रणा गरेर राष्ट्रिय सभागृहमा रात्रिभोजको आयोजना गरिएको छ । बेलुका प्रत्येक वडा र केन्द्रीय कार्यालयमा दीपावली गरिने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ १७ गते बुधवार
प्रतिक्रिया