तुलसीपुर,१६ जेठ । बेपत्ता भएका तुलसीपुरका रत्नबहादुर वली मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका ५ निबासी वलीले जग्गा कारोबार समेत गर्दै आएका थिए । गत बैशाख १९ गतेदेखि एकाएक बेपत्ता भएका वली घोराही लमहि सडक खण्डको चौपट्टाको जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
वलीकी श्रीमतीले शव आफ्नो श्रीमानको भएको बताए पछि सनाखत भएको घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक विनोद सिंङले जानकारी दिए । प्रहरीका अनुसार वलीकी श्रीमतीले नङबाट श्रीमानको पहिचान गरेको प्रहरीले बताएको छ । शव भेटिएको स्थानमा चप्पल पनि फेला परेका छन् ।
शव कुहिएको छ । एउटा दाँत झरेको छ । बेपत्ता हुनुअघि वलीका सबै दाँत सकुशल थिए । शव पोस्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा लाइएको छ । २८ दिनेछ अघि घरबाट बेपत्ता हुनुभएको थियो । चिठीमा आर्थिक भार थेक्न नसकेकाले आफू घर छोडेर गएको र बाँकी ऋण तिर्न अनुरोध गरिएको थियो । आज विहान जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।