मिना बुढाथोकी
सल्यान, जेठ १५ / सल्यानका ८ जना कैदी बन्दीलाई आज एकैसाथ कैदमुक्त गरिएको छ । कारागारमा कैदी बन्दीको जिवन बिताई रहेका ६ जना पुरुष र २ जना महिला गरि जम्मा ८ जनालाई कैदमुक्त गरिएको जेलर विक्रम केसीले जानकारी दिनु भयो । कैदीहरुले कारागारमा रहेको समयमा अनुसाशित, मर्यादित तथा सभ्य आचरण गरेकाले उनीहरुलाई कैदमुक्त गरिएको उहाँले बताउनु भयो ।
गणतन्त्र दिवसको अवसरमा आज कैदीहरुले भोग्न बांकी रहेको ६० प्रतिशत सजाय माफी दिदै उनिहरुलाई कैदमुक्त गरिएको हो । यसरी कैदमुक्त हुनेमा रुकुमकी एक जना महिला र बांकी सात जना सल्यानका रहेका छन । सल्यानका कर्तव्य ज्यानको सजाय भोगी रहेका लिला कामी, ज्यान मार्ने उद्योग अन्तरगत सजाय पाएका कमल बुढाथोकी, यस्तै कर्तव्य ज्यानको सजाय भोगी रहेका दुई भाई सुरविर बुढा र जुद्दवीर बुढा रहेका छन् । यस्तै कर्तव्य ज्यानको सजाय पाएका टेक बहादुर बुढामगर, बहु विवाहको सजाय भोगी रहेका बिर बहादुर बोहरा, कर्तव्य ज्यान को सजाय पाएकी डल्ली कामी र रुकुम की पवि खत्रि आज बाट कैदमुक्त भएका हुन । छुटेका सबै जनाले अब घर फर्केपछि सकारात्म काम गर्ने बताएका छन् । उनिहरुले कारागारमा सिकेको सिपबाट आफुलाई जिविकोपार्जन गर्न सिकाएको बताएका छन् ।
सल्यानका ८ जना कैदी बन्दी एकैसाथ कैदमुक्त
प्रकाशित मिति : २०७४ जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया