लक्ष्मण विश्वकर्मा
तुलसीपुर १५ जेठ /आन्तरिक पर्यटकको प्रचुर सम्भावना बोकेको चमेरेगुफा जाने सडक कालो पत्रेका सोमवार तुलसीपुरको अरनीको मैदान देखी गुफा जनिकै पर्ने खमारी सम्म अटो ¥यालीको आयोजना गरीएको छ । तुलसीपुर नगर जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत चमेरेगुफा जाने सडक कालो पत्रे विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले पर्यटकिय स्थलको रुपमा स्थापित गराउनु पर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मुल्कोटमा रहेको गुफालाई गन्तव्य स्थल बनाउनका लागी सवैभन्दा पहिलो सडकबाटो कालो पत्रे गर्न आबश्यक रहेको बताएका थिए ।
विकास र प्रचारप्रसारको अभावले गुफा ओझेलमा परेको भन्दै यसको चौतर्फी विकासका लागी सवैले पहल गर्नु पर्ने बताएका थिए । तुलसीपुर वजार क्षेत्र देखी करिव १० कीलोमिटर उत्तरमा रहेको गुफा अवलोकन गर्न जानका लागी राम्रो सडक बाटोको सुविधा छैन । तुलसीपुर सल्यणरोड हरनेटी,खमारी हुदै जाने सडकबाटोको स्तर उन्नती गरी कालो पत्रे गर्नु पर्नेमा जोड दिईएको थियो ।
त्यस्तैगरी तुलसीपुर पर्सेनी ,बनहरी,सुकिदह,लामीदमार ,तरुले हुदै मुल्कोट र तुलसीपुर रक्षाचौर,घोरानेटी ,तरुले हुदै मुल्कोट जान सकिने सडकबाटोको ट्रयाक निर्माण भएपनि वजेट अभावका कारण गुफा सम्म पुग्न सकेको छैन । तुलसीपुर जेसीज २०१७ का अध्यक्ष विमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख ललित बहादुर घर्ति, तुलसीपुर नगरका मेयर पदका उम्मेदवार घनश्याम पाण्डे,सेसुराम भण्डारी, शुक्रराज भण्डारीईश्वरी प्रसाद गैरे,हंसराज केसी,उपमेयर पदका उम्मेदवार शान्ता रिजाल,नेपालीका काग्रेसका नगर कार्याबाहक सभापति भिम प्रसाद भण्डारी, राप्रपाका नगर अध्यक्ष लाल बहादुर केसी, मसाल दाङका प्रबक्ता भरत भण्डारी, अखण्ड पाटी नेपालका भिम बहादुर केसी,साविक त्रिपुर नगर जेसीजका अध्यक्ष दिपक शर्मा, नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, तुलसीपुर खानेपानी संस्थाका अध्यक्ष खेमराज वली, मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सचिव सुसील वस्नेत लगाएतले वोल्नु भएको थियो ।
जेसीजका पुर्व अध्यक्ष झरेन्द्र खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बसन्त भण्डारीले विषय वस्तुमाथी प्रकास पार्नु भएको थियो भने कार्यक्रम वारे प्रकास कार्याक्रम संयोजक डम्मर डाँगीले प्रकास पार्नु भएको थियो ।कार्यक्रमको सहजीकरण जेसीजका महासचिव दिपेस भण्डारीले गर्नु भएको थियो ।
तुलसीपुरदेखि चमेरे गुफाजाने बाटो सम्म अटो रयाली
प्रकाशित मिति : २०७४ जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया