लक्ष्मण विश्वकर्मा
तुलसीपुर १५ जेठ/ नेकपा एमालेको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार घनश्याम पाण्डेले आफुले निर्वाचित भएपछि वडा नं. ४ स्थित पर्यटकिय स्थल चमेरेगुफा जाने सडक कालो पत्रे गर्ने योजनालाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको छ । नेकपा एमालेले नेपाललाई सम्मुनत र समृद्धि बनाउने निति अघि सारेको बताउदै आफु मेयरमा निर्वाचित भईसकेपछि पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिकाको १९ वटा वडाको हरेक वडामा एउटा योजना लैजानुको साथै वडा नं. ४ को मुल्कोटमा रहेको पर्यटकिय स्थल चमेरेगुफाको विकासका लागी पहिलो प्राथमिकता दिने पाण्डेले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
तुलसीपुर नगर जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत चौथो दिन सोमवार तुलसीपुर ३ खमारीमा आयोजना गरीएको चमेरेगुफा जाने वाटो कालो पत्रे विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार पाण्डले यस्तो बताउनु भएको थियो । साविक तुलसीपुर नगरपालिकाको पुर्व उपमेयर हुदा २०५४ सालमा गुफाको प्रचारप्रसारका लागी आफनै पालामा पहिलो पटक चमेरेगुफा महोत्सव आयोजना गरीएको उहाले बताउनु भयो । यस पटक मेयरमा आफु निर्वाचित भएपछि अवको पाँच वर्षको अवधीमा चमेरेगुफालाई पर्यटकिय गन्तव्य स्थल बनाउने,तुलसीपुर उपमहानगरपालिकालाई आर्थिक समृद्धि,सुन्दर,भ्रष्टाचार मुक्त,सडक कालो पत्रे,गाउँगाउँ सम्म सडक निर्माण,खानेपानी,विजुली बत्ती,विद्यालय,सुुत्केरी महीलाहरुको लागी विशेष कार्यक्रम,स्वास्थ्य चौकी, बृद्धभत्ता,युवा रोजगार जस्ता महत्वपुर्ण कार्य गर्ने बताउनु भएको छ