दाङमा १६ कैदीवन्दीको कैद मिनाह

तुलसीपुर, १५ जेठ ।
दाङका दुई कारागारबाट १६ जना कैदीवन्दीको कैद मिनाह गरिएको छ । १५ औं गणतन्त्र दिवसका अवसरमा तुलसीपुर कारगारबाट १२ जना र घोराही कारागारबाट ४ जना कैदीको कैद मिनाह गरिहेको हो ।  हाका लागि तुलसीपुरबाट २२ जना र घोराही काराबाट ५ जना कैदिलाई कारागार विभागमा सिफारिस गरिएको तुलसीपुर कारागारका निमित्त प्रमुख भोजराज भण्डारीले जानकारी दिनुभयो । जसअन्र्गत कर्तव्य मुद्दाका ६, बुहविभाह मुद्दाका ३, ज्यानमार्ने उद्योग मुद्दाका ३ र सवारी ज्यान मुद्दाका ३ जना गरि १६ जना कारागार मुक्त भएका हुन् ।
कैदा मिनाहमा पर्नेमा साविक ठेगाना अन्र्गत तुलसीपुर कारागारबाट रामपुर गाविस ९ का इन्द्रा (वली¬) बुढा, सोही ठाउँका गोकर्ण बहादुर वली, मानपुर २ का रैबहादुर योगी, तुलसीपुर ६ का जनक बहादुर बस्नेत, घोराही १०का जितु नेपाली, रुकुम तकसेराका जितबहादुर बुढामगर, बेला ५ का मानबहादुर विक, नवलपरासीका रामचन्द्रराजभर पहरी, पुरनधारा ८ का विनयकुमार सुनार, तुलसीपुर १० का चिरविरे सुनार, डुरुवा ५ का केवल चौंधरी, हापुर १ का मेघबहादुर घर्ति रहेका छन् । त्यसैगरी घोराही कारागार शाखाबाट साविक ठेगाना अन्र्गत सैघा १ का रिमबहादुर पुन, रुकुमको कोटगाउँबाट रामचन्द्र घर्ति, ढिकपुर ३ का जंगबहादुर थापा र लक्ष्मीपुर २ का खड्क बहादुर थापा रिहा भएका छन् । असल चालचलन र ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीवन्दिलाई महत्वपूर्ण तिथिमितिमा सरकारले कैद मिनाह गर्ने गरेको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया