रोल्पा, १४ जेठ
नेपाली कांग्रेस रोल्पाका क्षेत्रीय सचिव एमालेमा प्रवेश गरेका छन् । जिल्लाको होलेरीमा आयोजीत एमालेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका क्षेत्रीय सचिव भुपमणी पुन लगाएत ५० जना एमालेमा प्रवेश गरेको एमाले जिल्ला कमिटी रोल्पाका सदस्य इश्वरी जिएमले जानकारी दिइन् । नेपाली कांग्रेसको नीति, विचार र सिद्धान्त अनुसार पार्टी अघि बढ्न नसकेको भन्दै क्षेत्रिय सचिव पुनले आफु कांग्रेस पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको जानकारी दिए ।
प्रकाशित मिति : २०७४ जेष्ठ १४ गते आइतवार