२०८३ असार १३ गते शनिवार

काँग्रेसले पैसामा टिकट बेचेको भन्दै एमालेमा प्रवेश

तुलसीपुर ,१४ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा नेपाली काँग्रेसका वडा अध्यक्षका प्रत्यासी चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले दाङका सचिवालय सदस्य देवराज विश्वकर्मा र वडा कमिटी अध्यक्ष सुमन पोखरेलले पार्टी प्रवेश गराउनुभएको हो ।
खड्काले काँग्रेसले स्थानिय तहको चुनावकालागि वडामा टिकट बितरण गर्दा पक्षपात गरेकाले आफू एमालेमा प्रवेश गरेको बताउनुभयो ।उहाँले पार्टीमा गरेको योगदानलाई कदर नगरी काँग्रेसले पैसामा टिकट बेचेकाले आफू निष्ठाको आजनीति गर्न एमालेमा प्रवेश गरेको बताउनुभयो । त्यसैगरी सोही वडामा काँग्रेसका क्रियाशील सदस्य भद्रबहादुर खड्का पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ १४ गते आइतवार
प्रतिक्रिया