रेणु दाहाल ७८४ मतले मात्र पछाडि, अब दुई ओटा वडा मात्र गन्न बाँकी, दुबैमा कांग्रेसको पकड

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा प्रवेश गरिरहँदा कसको पल्लाभारी हुने भन्ने अझै स्पष्ट हुन सकेको छैन । माओवादी उम्मेदवार रेणु दाहालले निरन्तर मतान्तर घटाइरहँदा एमाले उम्मेदवार देवी ज्ञवाली पनि आफ्नो जितप्रति निश्चिन्त बन्न सकिरहेका छैनन् ।

आइतबार दिउँसो वडा नम्बर २१ को मत गणना सकिएको छ । २१ को अन्तिम नतिजा आउँदा देवी र माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालको मतान्तर ७ सय ८४ मा झरेको छ ।

देवीले ४० हजार ९ सय ८० र रेणुले ४० हजार १ सय ९६ मत पाएका छन् । अहिले १९ नम्बर वडाको गणना सुरु भएको छ । २० नम्बर वडा पनि गन्न बाँकी छ । दुबैमा कांग्रेसको पकड छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ १४ गते आइतवार
प्रतिक्रिया