तुलसीपु, १४ जेठ
महिलाहरुका लागि ३ दिने पत्रकारिता तालिम तुलसीपुर उपमहानगरपालिका ९ दोघरेमा सुरु भएको छ । प्रकृति संरक्षण मञ्च नेपालको आयोजना तथा सांसद युवराज ज्ञवालीको सांसद विकास कोषको सहयोगमा तालीम सञ्चालन भएको हो । तालीमको एक कार्यक्रमको आयोजना गरी आइतबार उद्घाटन गरीएको छ ।
प्रकृति सरक्षण मञ्च नेपालका अध्यक्ष ओपेन्द्र बस्नेतको अध्यक्षता तथा सांसद युवराज ज्ञवालीका प्रतिनिधि कृष्ण प्रसाद भुसालको प्रमुख आतिथ्यमा तालीमको उद्घाटन गरएिको हो । उद्घाटन अवसरमा बोल्दै प्रमुख अतिथि भुसालले समाजमा पछाडि परेका महिलाहरु लाई तालीमले महत्व राख्ने बताएका थिए । उनले महिलाहरु घरको चुलोमा मात्र सिमित नभई हरेक क्षेत्रमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै प्रकृति संरक्षण मञ्च नेपालका सल्लाहकार संगित बस्यालले महिला भएकै कारण पिडित भएका घटनाहरु खुलरै बाहिर ल्याउनुपर्ने बताएका थिए । एमाले वडा नम्बर ९ का वडाअध्यक्ष पदका उम्मेदवार समेत रहेका बस्यालले हरेक ठाउमा महिलाहरु अझै पनि पछि परेकाले स्वँयम महिलाहरु अग्रसर हुनुपर्ने बताउनुभयो । उद्घाटन अवसरमा वडा नम्बर ९ का सचिब गणेश आचार्य, प्रशिक्षक बसन्त विवश आचार्य, सामाजिक परीचालक दिपा खड्का,महिला सञ्जालकि खिमा केसी,स्थानीय मुक्ति प्रसाद न्यौपाने लगायतले बोलेका थिए । मेनका पन्थीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका महासचिब बसन्त परियारले गरेका थिए । तालीममा वडा भित्रका ३५ जना महिलाको सहभागिता रहेको छ ।
महिलाहरुका लागि ३ दिने पत्रकारिता तालिम तुलसीपुरमा सुरु
प्रकाशित मिति : २०७४ जेष्ठ १४ गते आइतवार
प्रतिक्रिया