लक्ष्मण विश्वकर्मा,तुलसीपुर १३ जेठ ।
नेपाली काग्रेसको भातृसंगठन नेपाल दलित संघ दाङ क्षेत्र नं. ४ ले तुलसीपुर उपमहानगरपालिकाको मेयर ,उपमेयर र वडा अध्यक्ष पद जस्ता महत्वपुर्ण प्रमुख पदहरुमा पार्टीले दलितलाई उम्मेदवारको छनोट नगरेको भन्दै घोर आपत्ती जनाएको छ । नेपाल दलित संघ क्षेत्र नं. ४ का उपाध्यक्ष रमेश विश्वकर्मा र सचिव किरण विश्वकर्माले शनिवार एक प्रेस विज्ञप्ती जारी गदै पार्टीले दलित संघमा आबद्ध कुनै पनि दलितलाई प्रमुख पदका लागी उम्मेदवार छनोट नगरे प्रति घोर आपत्ती जनाएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
साथै तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का जुझारु,कर्मठ र क्षमताबान योग्य नेता नेपाल दलित संघका केन्द्रिय सदस्य जोगेन्द्र विश्वकर्मालाई पार्टीले वडा अध्यक्ष पदको उम्मेदवार नदिएको र उहाको स्थानमा अर्को व्यक्तिको नाम छनोट गरेको भन्दै उक्त निर्णय पार्टीले तत्काल फिर्ता नलिए नेपाल दलित संघ क्षेत्र नं. ४ ले पार्टीको कुनै पनि गतिविधिमा सहभागिता र सहयोग नगर्ने विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।