एमाले तुलसीपुर ११ को घरदैलो सुकौरामा

तुलसीपुर १३ जेठ ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ ले आज सुकौरा र वेलगनारमा घरदैलो गरेको छ । दुई सय बढि नेता कार्यक्रताको उत्साहजनक सहभागितामा घरदैलो गरीएको हो । प्रचण्ड गर्मि र हावापानीको वावजुत पनि साँस्कृतिक कार्यक्रम सँगै घरदैलो जारी रहेको वडा कमिटिले जनाएको छ । प्रत्येक मतदाताको घरघरमा उम्मेद्धारहरु पुगेर मत माग्दै आफ्नो प्रतिबद्धता जोहर गरीरहेका छन ।

घरदैलो कार्यक्रमको उद्घाटन गर्दै तुलसीपुर उपमहानरपालीकाका मेयर पदका उम्मेद्धार घनश्याम पाण्डेले जनताको पक्षमा काम गर्ने भनेको एमाले मात्र भएकाले अत्यधिक बहुमतले विजयी बनाउन आग्रह गर्नुभएको थियो । जनताले राम्रो मान्छेलाई जिताउन नसके पछि पछुताउनुपर्ने अवस्था आउन सक्ने उहाले बताउनुभयो । आर्थिक समृद्धि सँगै जनताका पक्षमा सदैव रहने एमाले मात्र भएको उहाले ठोकुवा गर्नुभएको थियो ।

यस्तै वडाअध्यक्ष पदका उम्मेद्धार भागिराम चौधरीले सुकौरामा रहेको दँगिशरण कोटको विकास गर्ने बताउनुभएको थियो । उहाले थारुहरुको सँग्रालय बनाई त्यहा होमस्टे, सामुदायिक पुस्तकालय सञ्चालन गर्ने उहाले बताउनुभयो ।

प्रकाशित मिति : २०७४ जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया