Update गोमा एयरको विमान लुक्लामा दुर्घटना, चालकको ज्यान गयो

काठमाडौं, १३ जेठ

लखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा गम्भीर घाइते भएका विमानका चालक पारस राईको उपचारका क्रममा मृत्यु भएको छ भने चालक दलका दुई सदस्य पनि घाइते छन् । काठमाडौंबाट उठेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

उद्दार लगतै काठमाडौं ल्याउन हेलिकोप्टर पठाइएको भएपनि मौसम खराब भएका कारण सम्भव भएन । उनको लुक्ला अस्पतालमा उपचारका क्रममा निधन भएको सोलखुम्बु प्रहरीले जनाएको छ । सहचालक श्रीजन मानन्धरको उपचार जारी छ । विमान परिचारिका प्रज्ञा महर्जनलाई काठमाडौं पठाउन खोजिएको थियो तर, खराब मौसमका कारण सम्भव भएन । काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया