तुलसीपुर, १३ जेठ ।
नेकपा एमालेले तुलसीपुर उप–महानगरपालिकाको मेयर पदका लागि गरीबी तथा सहकारी बिभागका केन्द्रिय सदस्य घनश्याम पाण्डेलाई उम्मेद्वार बनाएको छ । नेकपा एमालेको स्थायी कमीटिको बैठकले तुलसीपुर उप–महानगरपालिकाको मेयरमा पाण्डे र उपमेयरमा माया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
को हुन घनश्याम पाण्डे ?
तुलसिपुरको दाङ भ्याली बोर्डिङ स्कुलमा पढाउदा पढाउदै पार्टीले २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन तुलसिपुर नगरपालिकाको उपमेयर पदमा टिकट दिएको थियो । बोर्डिङ स्कुलमा पढ्ने र पढाउने दुवै कामलाई संगसंगै लिएर अघि बढीरहेका पाण्डेकालागि पार्टीले दिएको उपमेयरको टिकट फलामका चिउराचपाय सरह कठिन थियो । गरिब किसानको परिवारमा २०३० भदौ ८ गते जन्मेका पाण्डेलाई पढ्नकै लागि खर्च जुटाउन नसकिरहेकाबेला काँग्रेसको गडमा चुनाव जित्नका लागि आवश्यक पर्ने धनपैसाको कल्पना त झनै परको कुरा भयो । तर जनताको सहयोग र साथ भयो भने जतिसुकै धनपैसा र सत्ताको दुरुपयोग गरेपनि केहि लाग्दो रहेनछ भन्ने कुराको पुष्टि पाण्डेले चुनाव जितेर गरिदिएका थिए ।
तत्कालीन तुलसिपुर नगरपालिकामा सवैभन्दा बढी अत्याधिक मत ल्याएर पाण्डे विजयी भएका थिए । २३ बर्षको उमेरमा नगरपालिकामा उपमेयरमा विजयी भएका पाण्डे नेपालमै कान्छो उपमेयर बनेका थिए । विभिन्न वडाबाट काम लिएर नगरपालिकामा आउने जनता र जनप्रतिनीधिहरु, मेयरको भन्दा उपमेयरको कार्यकक्षमा ठेलमठेल हुन्थे । पाँच बर्षे कार्यकालपछि पाण्डेले सामाजिक संस्थाको जिम्मेवारी र पार्टी कामलाई एक साथ लिएर निरन्तर अघि बढे । स्थानीय सामुदायिक वनको नेतृत्वका रुपमा स्थापित सर्वाङ्गीन सामुदायिक वनको अध्यक्ष हुदै सामुदायिक वन महासंघको केन्द्रिय सदस्य र त्यसपछि सामुदायिक वन महासंघको केन्द्रिय अध्यक्ष हुदै, विश्व वन महासंघ संजालका संयोजकको भूमिकामा रहेर काम गरे । शैक्षिक योग्यतालाई एम. ए, एल.एल. वि र विएसी सम्म पु¥याएका पाण्डेलाई लोकप्रिय र प्रखर वक्ताका रुपमा लिने गरिन्छ ।
- महत्वपूर्ण अनुुभव र जिम्मेवारी :
- २०४३ देखी २०४६ अनेरास्ववियुुको मा वि भ्युडहर सुनपुर र मा वि हसपुुर प्राकको अध्यक्ष र सदस्यमा कार्यरत
२०४६ जनआन्दोलनमा अग्रणी भूूमिका
२०४६ देखी २०४७ अनेरास्ववियुु दाङ्ग जिल्ला कमिटीको सदस्य
२०४७ माघ पार्टी सदस्यता प्राप्त
२०४८ देखी २०५२ अनेस्वरावियुु त्रिभुुवन वहुुमुखी क्याम्पस पाल्पामा प्राकको सदस्य हुदै प्राकको अध्यक्ष, पार्टि सदस्यता पाल्पामा स्थानन्तरण गरेको
२०५२ देखी २०५३ त्रिभुुवन वहुुमुखी क्याम्पस पाल्पामा स्ववियुु उपसभापती
२०५३ पार्टी सदस्यता स्थानन्तरण गरेको विभिन्न कमिटीमा काम गरेको
२०५४ देखी २०५८ सम्म तुलसीपुुर नगरपालिमा उपमेयर भएर कार्य सम्पादन गरेको
२०५८ देखी २०६६ सामुुदायिक वन उपभोक्ता महासघ, नेपालको केन्द्रिय सदस्य देखी अध्यक्षको रुपमा कार्य सम्पादन गरेको
२०६२ देखी २०६३ जनआन्दोलनमा केन्द्रिय तहमा नेतृत्व गर्दै १ महिना प्रहरी हिरासतमा वसेको
२०६२ नेकपा एमाले दाङ्ग जिल्ला कमिटीको सदस्य
२०५९ देखी २०६४ सम्म पार्टीको सामुुदायिक वन केन्द्रिय फ्रयाकसनको सदस्य हुुदै सचिव सम्मको जिम्मेवारी वहन गर्दै आठौ महाधिवेषणमा भाग लिएको
२०६३ देखी हाल सम्म अखिल नेपाल किसान महासघको राष्ट्रिय कार्यसमितीको सदस्य
२०६४ देखी २०७० पार्टीको प्राकृतिक स्रोत विभागको केन्द्रिय सदस्य
२०७० पार्टीको नवौ महाधिवेषणमा प्रतिनिधी भएर भाग लिएको
२०७० देखी हालसम्म अखिल नेपाल किसान महासघद्धारा नया कृषि अभियान कृषि सहकारीको उपाध्यक्ष र सदस्य भएर काम गरेको
२०७२ देखी हालसम्म पार्टीको केन्द्रिय सहकारी तथा गरिवी निवारण विभागको केन्द्रिय सदस्य - विशेष अनुुभव :
ग्रामिण विकास, सामुुदायिक वन, जनलवायुु परिवर्तन, उद्यमशिलता विकास, समाजिक परिचालन, नतिजामुुखी योजना तर्जुमा, अनुगमण, सामुुदायिक सचार, नितीगत पैरवीमा दक्षता, सगठन निर्माण र परिचालन, अन्तराष्टिय समन्वय र सम्पर्क, वैक तथा वित्तिय विकास, सहकारी तथा गरिवी निवारण, व्यावसायी कृर्षी तथा वजारीकरण, राजनितीक परिचालन, - भाषा : नेपाली, अग्रजी, हिन्दी र थारु
- अन्तराष्ट्रिय भ्रमण र अनुुभव : सयुक्त राष्ट्र सघ देखी अन्तराष्ट्रिय र क्षेत्रिय सभा सम्मेलन, गोष्ठी हरुमा कार्यपत्र प्रश्तुुत र यूूरोप, अमेरिका, एसिया र अफ्रिका लगायतका विभिन्न ५० वटा देशहरुमा अन्तराष्ट्रिय भ्रमण
उपमेयर हुँदा गरेका केहि महत्वपुर्ण काम
- गाउँ गाउँमा बजेट पुरयाउने कार्यको थालनी
तरकारी बजारको व्यवस्थापन
पशु वधशालाको व्यवस्थापन
सडकवत्ति जडान
पुष्पलाल बाटीका निर्माण
फोहर व्यवस्थापन
नगरपालिकाको हालको भवन निर्माण
टोलविकास संस्था गठनको सुरुवात
तुलसीपुरको क लाइनमा ग्रिनवेल्ट निर्माण
त्यसैगरी घोराही उपमहानगरपालीकाको मेयरमा एमालेका प्रदेश सदस्य नरुलाल चौधरी र सीता न्यौपानेलाई उठाउने नीर्णय गरेको हो । उम्मेदवारको टुङ्गो लागेपछि उम्मेदवारहरु आज देखि चुनावी अभियामा लागेका छन् ।