कांग्रेस-माओवादी गठबन्धनलाई हराए मानबहादुरले

१२ जेठ, पोखरा ।

देशकै ठूलो महानगर पोखरा लेखनाथको चुनावमा कांग्रेस माओवादी एकातिर र एमाले एक्लै अर्कोतिर थियो । तर, सत्तारुढ गठवन्धनमाथि एमाले एक्लै हाबी भयो र, पोखराको पहिलो मेयर बन्न सफल भएका छन् मानबहादुर जिसी । को हुन् त जिसी ? जसले निकटतम प्रतिद्वन्द्वी रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गर्दै पोखराको नेतृत्वमा बाजी मारे ।

मानवहादुर जिसी एमालेका ‘लो प्रोफाइल तर हाइ मोराल’ भएका नेता हुन् । पोखराको मेयरको चुनाव जित्नु अघि उनले मिनी चुनाव जितिसकेका थिए । उम्मेदवार छनोटका लागि एमाले कास्कीले चुनाव गरेको थियो, जहाँ उनले पूर्व मेयर तथा पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा, युवा संघका अध्यक्ष राजिव पहारीदेखि जिल्ला उपसभापति श्रीनाथ बराललाई पछि पारे ।

पार्टीभित्रको आन्तरिक चुनावमा जस्तै उनले पोखरा लेखनाथ महानगरको चुनावमा पनि शानदार जित निकालेका छन् । उनको राजनीतिक जीवनको यो आजसम्मकै सबैभन्दा ठूलो उपलब्धी हो ।

प्रकाशित मिति : २०७४ जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया