तुलसीपुर उमहानगरपालिकाको मेयरमा नयाँ शक्तिबाट उठ्ने भए, भण्डारी

तुलसीपुर ११ जेठ

नयाँ शक्ति पार्टी नेपालले तुलसीपुर उमहानगरपालिकाको मेयर,उपमेयर र वडा अध्यक्षहरुको टुङगो लगाएको छ । पार्टीले विहिवार रिपोर्टस क्लव तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारहरुको नाम सार्जजनिक गरेको छ । जस अनुसार तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका लागी पार्टीले जिवन भण्डारीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । त्यस्तैगरी उपमेयरका लागी शान्ता रिजाललाई उम्मेदवार तोकेको छ । नगर संयोजक मोहन वलीकोल अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष पदहरुमा नंं १ मा गिरिराज गरङजाा मगर,वडा नं.४ मा गणेस प्रसाद गिरी, वडा नं. ५ मा सुरेन्द्र प्रकास चन्द,वडा नं. ६ मा पन्चाराम नेपाली, वडा नं. ७ मा बुद्धिराम चौधरी, वडा नं. १२ मा लाल बहादुर रावत,वडा नं.१७ मा कृष्ण चखौरिया,वडा नं.१८ मा तारानाथ वलीलाई उम्मेदवार बनाउने भएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया