दाङमा उम्मेदवार टुङ्गो लगाउने पहिलो पार्टी माओवादी

तुलसीपुर, ११ बैशाख

उम्मेदवार टुङ्गो लगाउने पहिलो पार्टी, माओवादी केन्द्र वनेको छ । आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा (माओवादी केन्द्र) दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुङ्गो  लगाएर पहिलो पार्टी वनेको हो । प्रमुख दल मध्यका नेपाली कांग्रेस र नेकपा एमालेले अझै सवै तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउन सकिरहेका छैन् ।
दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्र दाङले जनाएको छ । माओवादी केन्द्रले तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेषुराम भण्डारी र उपप्रमुखमा सीता ओली, घोराही उपमहानगरपालिकाको प्रमुखमा जीवन गौतम र उपप्रमुखमा सीता चौधरी तथा लमही नगरपालिका प्रमुखमा द्रौपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरीलाई उम्मेदवार बनाइएको छ ।
यसैगरी बबई गाउँपालिका अध्यक्षमा सुशील खड्का क्षेत्री र उपाध्यक्षमा उर्मिला ओली, शान्तिनगर गाउँपालिका अध्यक्षमा नेवबहादुर रोका र उपाध्यक्षमा राधिका परियार, दङ्गीशरण गाउँपालिकाका अध्यक्षमा हिरालाल चौधरी र उपाध्यक्षमा सीता बस्नेत, बङ्गलाचुली गाउँपालिकाका अध्यक्षमा भक्तबहादुर ओली र उपाध्यक्षमा यमुना घर्ती तथा राप्ती गाउँपालिकाका अध्यक्षमा श्यामेश चौधरी र उपाध्यक्षमा भगवता शर्मा अधिकारीलाई उम्मेदवार बनाइएको माओवादी केन्द्र दाङले जनाएको छ । त्यस्तै राजपुर गाउँपालिकाका प्रमुखमा श्यामबहादुर झाँक्री र उपप्रमुखमा पुष्पा यादव तथा गढवा गाउँपालिकाको अध्यक्षमा लुमाकान्त न्यौपाने र उपाध्यक्षमा रमा चौधरीलाई उम्मेदवार बनाइएको माओवादी केन्द्र दाङले जनाएको छ । जिल्लाका एक सयवटै वडामा पनि उम्मेदवार टुङ्गो लगाएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया