तुलसीपुर,११ जेठ ।
नयाँ शक्ति नेपालका दाङ जिल्ला सदस्य टँक पौडेल नेकपा एमालेमा प्रबेश गर्नुभएको छ । उहालाई एक कार्यक्रमको आयोजना गरी एमाले जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकिले टिका र खादा लगाएर पार्टिमा प्रबेश गराउनुभएको हो । सो अवसरमा बोल्दै उहाले नयाँ शक्ति नेपालले पार्टिमा दिएको योगदान लाई नसम्झीएर नातावाद लाई जोड दिएको भन्दै आफु पुरानै घर एमालेमा फर्किएको बताउनुभयो ।
भर्खरै नयाँ शक्तिले गरेको पार्टि प्रबेश कार्यक्रममा विभिन्न आश्वासन दिएर पार्टिमा प्रबेश गराएको तर पुराना कार्यक्रताको मर्म नवुझेको उहाको भनाई छ । एमाले पार्टिले लिएको निति र राष्टियताको सवालमा अडिक भएको हुदा आफु पुनह एमालेमा फर्किएको उहाले बताउनुभयो । पार्टि प्रबेश कार्यक्रमको सहजिकरण वडा नम्बर १३ का वडाध्यक्षका उम्मेद्धार मोहन पौडेलले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०७४ जेष्ठ ११ गते बिहिवार