कुन पदको उम्मेदवारले कति धरौटी राख्नु पर्छ ? हेर्नुहोस

तुलसीपुर, १० जेठ ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवारले पद अनुसारको धरौटी रुकम राख्नु पर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ । महानगर, उमहानगर, नगर वा गाउँपालिकाकाबाट प्रमुख तथा उप–प्रमुख पदमा उम्मेदवारी दिने उम्मेदवारले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नु पर्ने व्यवस्था आयोगले गरेको छ । त्यसैगरी नगर वा गाउँपालिकाका अध्यक्षले एक हजार र सदस्य पदका उम्मेदवारले पाँच सय रुपैयाँ धरौटी राख्नु पर्ने व्यवस्था भएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कार्कीले बताए ।


महा/उप/नगर/गाउँपालिका                     प्रमुख/ उप्रमुख                १५००/-
महा/उप/नगर/गाउँपालिका                      वडा अध्यक्ष                      १००० /-
महा/उप-नगर/गाउँपालिका                     वडा सदस्य                      ५००/-
महिला/दलित/विपन्न उम्मेदवार                                                       ५० प्रतिशत छुट


स्थानीय तह निर्वाचन ऐन, २०७३ को धारा ६२ को (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा पचास प्रतिशत छुट हुने व्यवस्था छ । त्यसैगरी निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी, जफत हुने व्यवस्था छ ।
यद्यपी धरौटी जफत हुने अवस्थामा बाहेक अन्य उम्मेदवार र मनोनयनपत्र स्वीकृत नभएको वा नाम फिर्ता लिएका व्यक्तिले राखेको धरौटी त्यस्तो निर्वाचन परिणाम घोषणा भएकोे मितिले नब्बे दिनभित्र सम्बन्धित व्यक्तिले फिर्ता लिनु पर्नेछ । यदि तोकेको म्यादभित्र धरौटी फिर्ता नलिएमा त्यस्तो धरौटीको रकम सञ्चित कोषमा दाखिला आयोगका प्रमुख कार्कीले बताए ।

प्रकाशित मिति : २०७४ जेष्ठ १० गते बुधवार
प्रतिक्रिया