लक्ष्मण विश्वकर्मा,तुलसीपुर १० जेठ ।
यातायात व्यवस्था कार्यालय राप्तीले मोटरसाईकल र स्कुटरको लाईसेन्सको परिक्षा असारको पहिलो हप्ता सम्म लिने गरी तयारी गरेको छ । एकै पटकमा सवै वर्गका सवारी साधनहरुको फाराम खुला गरेकै कारण मोटरसाईकल र स्कुटरको लाईसेन्सको परिक्षा लिन ढिलाई हुन गएको भन्दै अवको केहि समय भित्रमा परिक्षा लिने गरी तयारी भईरहेको कार्यालयका निमित्त प्रमुख याम बहादुर वुढाले बताउनु भएको छ । लाईसेन्सका लागी आवेदन लिएको छ महिना भन्दा वढि समय बितिसक्दा पनि अझै सम्म कुनै परिक्षा हुन सकेको छैन ।
लामो समय सम्म परिक्षा हुन नसक्दा सेवाग्राहीहरु अन्योलमा परेका छन् । कार्यालयले लाईसेन्सका लागी गत मंसीर महिना आवेदन लिएको थियो । कार्यालयका निमित्त प्रमख वुढाले दिएको जानकारी अनुसार सवै सवारी साधनहरुको एकै पटक आवेदन लिएको हुदा क्रमस परिक्षा गराउदै जाने क्रममा अन्य सवारी साधनको अगाडी र मोटरसाईकल र स्कुटरको लाईसेन्सको परिक्षा केहि पछि हुन गएको बताउनु भएको छ ।
सवै वर्गका सवारी साधनहरुको एकै पटक आवेदन नलिई एक एक गरी क्रमश पालैपालो आवेदन लिने गरेको भए यति लामो समय सम्म पर्खनु नपर्ने उहाले बताउनु भयो । मोटरसाईकल र स्कुटरको लाईसेन्सको लागी मात्र झन्डै १२ हजार जनाले आवेदन दिएका छन् । उक्त आवेदनलाई कम्युटर ईन्ट्री गर्ने काम भईरहेको निमित्त प्रमुख बुढाले बताउनु भएको छ । जस मध्ये हाल सम्म करिव आठ सय भन्दा वढि आवेदनको कम्युटर ईन्ट्री भईसकेको छ निमित्त प्रमुख वुढाले भन्नु भयो ।
दैनिक तिन सय सम्म आवेदन कम्युटर ईन्ट्रि गरिदै आएपनि सवै आवेदन ईन्ट्रि गर्न अझै केहि समय लाग्ने भएको छ । निमित्त प्रमुख वुढाका अनुसार सेवाग्राहीबाट किन ढिलाई भएको भन्ने गुनासो आईरहेको हुदा पहिलो चरणमा तिन हजार सम्मको आवेदनको परिक्षा लिने वा सवै ईन्ट्रि गरीसकेपछि एकैसाथ परिक्षा लिने भन्ने विषयमा ठोस निर्णय भईनसकेको उहाले बताउनु भयो ।
स्थानिय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने मिति तय गरीएको भन्दै जसका कारण कर्मचारी व्यवस्थापनमा केहि समस्या हुन सक्ने भन्दै असारको पहिलो वा दोस्रो हप्ता सम्म लाईसेन्सको परिक्षा लिईसक्ने गरी तयारी भईरहेको निमित्त प्रमुख वुढाले बताउनु भएको छ ।।