तुलसीपुर, ९ जेठ
नेकपा एमालेका नेताहरुले गरिब तथा विपन्न वर्गको मन जित्नु पर्नेमा जोड दिएका छन् । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ८ को चुनावीसभालाई कृष्णमन्दिरमा सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् । गरिब भएकै कारण लाखौंलाख जनता बाँच्नकै लागि सघर्षपूर्ण जिवन विताउन बाध्य भएको भन्दै एमालेले गर्ने हरेक कार्यक्रम र निर्णय गरिब तथा असहायको पक्षमा हुनु पर्नेमा जोड दिए ।
राम्रो खान र लगाउन रहर हुँदाहुँदै पनि आर्थिक संकटका कारण रहरलाई कुन्ठित गर्न बाध्य ती नेपाली जनताको मुहारमा खुशी नल्याउदा सम्म देशमा जुनसुकै परिवर्तन भएपनि त्यसको कुनै अर्थ नहुने बताए ।
आर्थिक सम्मृद्धि विना जनताको आर्थिक अवस्थामा सुधार आउन नसक्ने भन्दै गरिब लक्षित कार्यक्रम ल्याउनु पर्ने बताए । सोअवसमार एमालेका नेता शोभाराम बस्नेत, एमाले जिल्ला कमिटी अध्यक्ष टिकाराम खड्का, एमाले दाङका संगठन विभाग प्रमुख कृष्णप्रसाद भुसाल, युवा नेता मनोहर बेढाथोकी, अखिल नेपाल महिला संघकी अध्यक्ष प्रवेशीका गौतम, पुर्व वडाकमिटका अध्यक्ष मुकुन्द काफले, नेकपा एमाले नगर सचिवालय सदस्य टोपबहादुर वली, लगाएतले बोल्नु भएको थियो । नेकपा एमाले ८ का वडा संयोजक तथा अध्यक्षका उम्मेदवार मेघराज भुसालको अध्यक्षतामा सन्पन्न भएको कार्यक्रमको संचालन वडा कमिटीका सदस्य धर्मराज वलीले गर्नु भएको थियो ।
गरिबलक्षित कार्यक्रम ल्याउनुपर्ने एमाले नेताहरुको जोड
प्रकाशित मिति : २०७४ जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया