हापुरे तुलसीपुर सडकमा जथाभावी पोल, कारबाही गर्ने डिभिजनको चेतावनी

ओपेन्द्र बस्नेत,तुलसीपुर ९ जेठ ।

लाइन विस्तार कार्य तत्काल नरोके विद्युत प्राधिकरणका विरुद्ध कार्वाही प्रकृया अघि बढाउने डिभिजन सडक कार्यालय दाङले चेतावनी दिएको छ । कुनै समन्वय नगरेर प्राधिकरणले हापुरे तुलसीपुर सडकमा जथाभावी पोल गाडेपछि सडकको यस्तो भनाई आएको हो । सडकको मापदण्ड विपरित प्राधिकरणले १३२÷३३ के.भीको प्रसारण लाइन विस्तारका लागि अन्यिन्त्रीत रुपमा पोल गाडेको डिभजनले आरोप लगाएको छ ।
दाङ सहित सल्यान, रोल्पा र रुकुममा हाल कायम रहेको कम विद्युत भोल्टेजमा व्यापक सुधार ल्याउने उद्देश्यले पश्चिम दाङको हापुरेबाट तुलसीपुर सवस्टेसनमा राष्ट्रिय प्रसारण लाइन जोड्ने तयारी भइरहेको छ । सहकार्य विना पोल गाडेको भन्दै डिभजन सडकले पहिलो पटक २४ फागुन २०७३ मा रोकिपाउँ भनि जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जलाई २ चैत्र २०७३ मा पत्र लेखेको थियो ।

करिब डेढ महिना सम्म रोकिएको काम आपसी छलफल र सहमति विना पुनः सुचारु भए पछि डिभिजन सडकले आक्रोश पोखेको छ । काम सुचारु भएको करिब दुई हप्तापछि डिभिजनले जिल्ला प्रशासन कार्यालय दाङमा पुनः काम रोक्न दोस्रोपटक आइतबार निवेदन दिएको छ ।
‘विद्युत प्राधिकरण घोराहीका प्रमुख र सिडयोसापसंग सामान्य छलफल भएर विद्युत प्राधिकरण क्षेत्रीय कार्यलय नेपालगञ्जका प्रमुखसंग शुक्रबार, छलफ गर्ने बैशाखको पहिलो साता कुरा भएको हो, त्यसपछि कुनै छलफल भएन’ डिभिजन प्रखु सिरबहादुर घिमिरेले भन्नुभयो । यदि अटेरी गर्ने हो, भने सडक ऐन अन्र्गगत कार्वाही प्रकृय अघि बढाउने उहाँले बताउनु भयो ।

प्राधिकरणले मनोमानी पोल गाडेकाकारण तुलसीपुर घोराही सडक, फोरल्याण्ड बनाउने काम कछुवाको गतिमा अघि बढेको उदाहरण दिदै घिमिरेले पैसादिएर हटाई देउभन्दा पनि पोल नहटाएको गुनासो गर्नुभयो । ‘तुलसीपुर हापुरे सडकमा पनि अत्याधिक गाडिको चाप भइसक्यो, त्यो बाटो पनि अब १० बर्षभित्र फोरल्यान्ड बनाउन आवश्यक छ, अहिले ध्यान नपुरयाए पछि ठूलो समस्या आउँछ’ घिमिरेले भन्नुभयो । घिमिेरका अनुसार हापुरेदेखि पोटलीसम्म सडकमा गाडेको पोलका लागि ३१ लाख रुपैयाँ खर्च गरेर अहिले सार्ने काम भइरहेको छ । सडकको विच भागदेखि दायाँबायाँ १५ मिटर भन्दा बाहिर गाड्नु पर्ने भनेपनि पोल भित्रै गाडिएको डिभिजनले बताएको छ ।

यता नेपाल विद्युत प्राधिकरण घोराहीले सहमति अनुसार पोल गाड्न सुरु गरिएको बताएको छ । सडकलाई असर पुग्नेगरी गाडेका विद्युतपोल सार्ने र अन्य पोल समन्वय गरेर गाड्ने सहमति भएपछि काम सुचारु गरेको नेपाल विद्युत प्राधिकरण घोराहीका प्रमुख बाबुराम सुवेदीले बताउनु भयो । ‘राष्ट्रिय योजनाको काम हो, यसलाई रोक्नुहुदैन र सडकलाई असर नपुग्ने गरि काम गर्ने सहमति भएपछि काम सुचारु ग¥यौ’ सुवेदीले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी, डिभिजन प्रमुख र काम गर्ने निर्माण कम्पनीका प्रतिनिधी विच जिल्ला प्रशासनमा भएको सहमति अनुसार काम सुरु गरेको सुवेदीले दाबी गर्नुभयो ।

यता प्रमुख जिल्ला अधिकारी मेघानथ काफलेले सामान्य छलफल मात्रै भएको बताउनु भयो । ‘ठक्याक्कै ठोसकुरा त भएन मिल्योकि भनेको मिलेको रहेन छ, दुवैपक्षलाई बोलाएर मिलाउने प्रयास गर्छु’ प्रमुख जिल्ला अधिकारी काफलेले भन्नु भयो ।
लाइन विस्तारका लागि त्रिपुरेश्वर कन्डक्टर र जयदुर्गे इन्जिनिरिङ जेभिले १० करोड ११ लाख लागतमा लाइन विस्तार कार्य पुरा गर्नेगरि नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जसंग सम्झौता गरेको छ ।
कुनै विवाद नभए असार मसान्त सम्म लाइनविस्तार गरिसक्ने निर्माण सेवाका प्रोजेक्ट म्यानेजर सुनिल बस्नेतले जानकारी दिनुभयो । ‘सोह्र सय पोल मध्य साढे आठ सय पोल गाडि सक्यौ, काम गर्ने क्रममा कुनै विवाद नभए असाढ महिना सम्म हयाण्डओभर गछौ’ म्यानेजर बस्नेतले भन्नु भयो । डबल सर्किटमा लाइन विस्तारका लागि स्टील ट्यूवलर पोल गाडिएको छ ।

हापुरे देखि तुलसीपुर सम्म ७ करोड र तुलसीपुर देखि दुधरास सम्म ३ करोड ११ लाख रुपैयाँमा काम गर्ने सम्झौता भएको छ । ३३ केभिको लाइन जोडिने वित्तिकै यसले १५ बर्ष सम्म आइपर्ने क्षेमतालाई धान्न सक्ने अपेक्षा गरिएको छ । तुलसीपुर देखि करिब २२ किलो मिटरको दुरीमा रहेको हापुरे सवस्टेसनमा करिब एक बर्ष अघि ३३ केभिको लाइन आइपुगेको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया