नयाँ पाइपलाईन विस्तार गर्ने अश्वारा खानेपानी समितिको तयारी

तुलसीपुर, ८ जेठ
अश्वारा खानेपानी तथा उपभोक्ता सरसफाई समितिले खानेपानीको नयाँ लाइन विस्तार गर्ने भएको छ । उपभोक्तालाई सहजरुपमा खानेपानी पुरयाउने उद्देश्यले मालभुङको रिजरर्भ ट्याङकी देखि हापुरे जाने सडक सम्म करि ३ किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्ने तयारी गरेको समितिका अध्यक्ष तिलकहबहादुर बस्नेतले जानकारी दिए । पाइपलाइन विस्तार भएमा वुटनिया, बटोलपुरका झण्डै तीन सय घरधुरीलाई धारा बितरण गर्न सकिने अध्यक्ष बस्नेतले जानकारी दिए ।
‘करिब ३० बर्ष अघि वितरण गरेको पाइपलाईन पुरानो र जिर्ण भयो, ‘अध्यक्ष बस्नतेले भने’ त्यसबाट उपभोक्तालाई पानी पुरयाउन नसकेकाले अव नयाँ लाइन विस्तार गर्नुको विकल्प छैन् ।’
ढाई इन्ची र ३ इन्चीको पोलिथिन पाईप खरिदका लागि प्रकृया अघि बढाएको समितिका कोषाध्यक्ष टोपबहादुर रोकाले जानकारी दिए । रोकाका अनुसार विकास निर्माण वा अन्य कुनै काम गर्ने क्रममा खानेपानीको पाईपलाइनमा क्षेतिपुगेमा सम्बन्धित निकायले नै वेहोर्नु पर्ने र त्यसका लागि निश्चित मापदण्ड बनाएको बताए ।

प्रकाशित मिति : २०७४ जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया