५८ किलोमिटर सडकका लागि दाङमा २७ करोड बजेट

ओपेन्द्र बस्नेत
तुलसीपुर, ७ जेठ । आर्थिक बर्ष २०७३ /०७४ मा दाङमा सडक निर्माणका लागि २७ करोड बजेट विनियोजन गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बहुउद्देश्य शिर्षक अन्र्गत ५८ किलोमिटर सडक निर्माणका लागि २७ करोड ७ लाख बजेट विनियोजन गरिएको हो । सडक निर्माणका लागि न्युनतम ३ लाख २० हजार देखि १२ लाख रुपैयाँ सम्म विनियोजन गरीएको छ । जिल्लाका विभिन्न स्थानका ५८ वटा योजनाका सवै सडक एक किलोमिटर दुरीका छन् ।  मन्त्रालयले विनियोजन गरेको बजेट मध्य सवै भन्दा बढी विपि मार्ग मूलावारी देखि हासिपुर हुदै चैते सम्मको सडकका लागि १२ लाख, कुइरेपानी अम्रै दामोदर मार्ग वाइपास सडकका लागि १० लाख, मजगै गणेशपुर खुमकोट बाटो स्तरउन्नतीका लागि १० लाख, साविक मानपुर ९ त्रिपुर ८ पलासपुर गणेसपुर सडक स्तर उन्नतीका लागि १० लाख, सैघा ६ कटुवा खोला धवालेहुदै साविक गाविस भवन सम्मको बाटो निर्माण १० लाख, कुइरेपानी धारापानी बाटो निर्माण १० लाख, लोहारपानी ६ झेल्नेटा फलिन्देकोल अर्जुन खोला सडका लागि १० लाख र घोराही हापुर विजौरी हुदै तुलसीपुरको आखाँ अस्पताल जोड्ने सडक स्तरउन्नतीका लागि १० लाख, घोराही ४ बेलभार सडकका लागि १० लाख, र झारवैरा नारायणपुर पेट्रोल पम्म देखि उत्तर झारवैश गाउँ पश्चिम वडहरा सिमलरुख वेलमार सडक स्तरउन्नतीका लागि १० लाख रकम छुट्याईको छ ।
त्यसैगरी विजौरी कुटेचौर संगुरखोलाहुदै रोल्पाको दहवन जोड्ने सडकका लागि ८ लाख, विजौरी मानपुर भलाई डुरुवा सडकमा ७ लाख, विश्वविद्यालय मानपुर जमनी हुँदै एयरपोर्ट सडक निर्माणका लागि ५ लाख, तल्लो भरतपुर रिङरोड कालोपत्रे विश्वाविद्यालय मानपुर जमुनी हुदै एयरपोर्ट सडक निर्माणका लागि ४ लाख, लमही तुलसीपुर सडकको घोराही बजार भित्रमा पर्ने सडक खण्डका लागि ४ लाख, घोराही धर्ना धारापानी सडक ५ लाख, लालमटिया देखि सोनपुर चैलाही सडकका लागि ५ लाख, साविक घोराही ९ जनकपुर नारायणपुर गाविस अर्घुठट्याउली ठाँगाउँ हुदै धैरेनी सडकका लागि ५ लाख, घोराही फुर्सेखाली गिठेपानी सडक कालोपत्रेका लागि ५ लाख रकम छुट्याईएको छ ।
त्यस्तै पशु बृद्धाश्रमदेखि दाहसस्कार गर्न जाने सडक प्रतिक्षालय सम्म कालेपत्रे ३ लाख २० हजार, चैलाही देउपुर मध्यनगर खैरी लंगडी कोलही हुदै लमही बजार सम्म कालोपत्रेका लागि ३ लाख २० हजार, साविक सिसहनिया १ देखि गोबरडिहा १ सम्म सडक कालोपत्रे ३ लाख २० हजार, सिसहनिया १ देखि गोबरडिहा ५ सम्म शहिद मार्ग कालेपत्रेका लागि ३ लाख २० हजार, रझेना मसिना स्वर्गद्धारी जाने सडक कालोपत्रे ६ लाख, चौघेरा मन्दिर परिसर पूर्वतर्फको बाटो र मन्दिरको गेटदेखि धोब्य हाइवेसम्म ३ लाख, नारायणपुर अवलाडाँडा सडकमा ३ लाख २० हजार, पत्रेखोलादेखि बासगढी जाने साविक हापुर ४ देखि मानपुर ४ जाने बाटोमा ३ लाख २०हजार, नारायणपुर पुलीस चौंकीदेखि चारबगिया हापुर पतेनी विजौरी डाँडा हुदै होलेरी सडकका लागि ३ लाख २० हजार, होलरी हापुर बडहरा रिहार सडकका लागि ३ लाख २० हजार, हापुर २ रमनदेखि गुर्जे सडककालागि ३ लाख २० हजार , नारायणपुर सिस्वानी लमडरुवा अर्घुहुर्दै मगलपुर सडकमा ३ लाख २० हजार छुट्याईको छ ।
त्यसैगरी दोघरे प्रतापकोट मखनटाकुरी सल्यानको लुहाम सम्म ३ लाख २० हजार, तुलसीपुर राइखलियान गौरीगाउँ कटाँहा हुदै मोतिपुर जोड्ने सडकमा ३ लाख २० हजार, तुलसीपुर वनगाउँ सुकौरा गोल्टाकुरी सडकमा ३ लाख २० हजार, अश्वारा बटवलपुर सडक ३ लाख २० हजार, होलेरी ग्वारखोला तुलसीपर दाङ सडक स्तरउन्नती ३ लाख २० हजार, भालुवाङ आँपखोली सडक नाली निर्माण ३ लाख २० हजार, साविक सोनपुर ४ श्रीगाउँ चोक चौराहा देखि जखेरा ताल सम्मको सडकका लागि ३ लाख २० हजार, रिहार मिलसोता फूलबारी रनियापुर कोट्टेडाँडा टरिगाउँ एयरपोर्ट सडकका लागि ३ लाख २० हजार, साविक सतवरियार गाविस ९ जलकुण्टी हुदै राजपुर ९ गोठुवा सुनपत्री नाका जोड्ने सडकमा ३ लाख २० हजार, सतवरिया रिहार राजपुर गंगदी सालभौरी खंग्रानाका जोड्ने सडकमा ३ लाख २० हजार, घोराही हर्नोक मुर्कुटी देविस्थान सडकमा ३ लाख २० हजार, बङगलापुर फुर्केसल्ली मलई सडकमा ३ लाख २० हजार, रगैंचा भलानेटी हरीचौर सडकमा ३ लाख २० हजार,

साविक पंचकुले १ र २ को नयाँ सडक इ.प्र.का.देखि उत्तर खिलतपुरहुदै बाघमारे सम्म ३ लाख २० हजार, हापुरे गंङटे सडकमा ३ लाख २० हजार, धमकापुर भोजपुर हुदै मटेरा अकमी जोड्ने सडकमा ३ लाख २० हजार, अकमी अमेटा हुँदै फूलबारीको बखरिया जोड्ने दामोदर सडकमा ३ लाख २० हजार, घोराही दिपशिखा रोड सौंडियार लखुुवारसम्मको सडकमा ३ लाख २० हजार, सर्रादेखि सौंडियार हुदै बबैपुल सडक स्तरउन्नती ३ लाख २० हजार, टरिगाउँ पुकार पसल हँुदै मानपुरको लहलौरा जोड्ने सडकमा ३ लाख, मौरीघाट हाँसीपुर मुर्कुटी सडक गणतन्त्र मार्ग ३ लाख, पवनगर हेल्थपोष्ट देविस्थान सुकेकोट मन्दिर जाने सडक ३ लाख २० हजार, साविक पवननगर ८ भमके देखि बालापुर सडक ३ लाख २० हजार, सुकौरा बेलगनार सडक ३ लाख २० हजार र दुधेना थारुगल्ली रातोपहरा भट्टे सडकमा ३ लाख २० हजार बजेट विनियोजन गरिएको छ ।

 

प्रकाशित मिति : २०७४ जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया